नयाँ खबर
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाउनुभएको छ। बैठक ओलीको गुन्डुस्थित निवासमा बस्ने कार्यक्रम तय भएको छ।
बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने जनाइएको छ। साथै बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।