Advertisement

सुदूरपश्चिम

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १० कुतियाकबरस्थित जोगबुडा नदी र महाकाली नदी दोभान नजिक बाढि र माटो कटान रोक्न जलस्रोत तथा सिँचाई व्यवस्थापनले ठेक्कामार्फत निर्माण गरेको तटबन्ध आकाशे पानीका कारण भुक्षय हुदा ढलेको हो । ८ सय मिटर लामो उक्त तटबन्ध शंकर कन्स्ट्रक्सनले ५ करोडमा निर्माण गर्ने गरी गत चैतमा सम्झौता भएको थियो । निर्माण कम्पनीले सम्झौता अनुसार नै तोकिएको समयसिमामा निर्माण सम्पन्न गरेको थियो । तटबन्धको अन्तिमतिरको ३० मिटर जति भाग ढलेको छ । महाकाली र जोगबुडा नदी कटान रोक्न निर्माण गरिएको तटबन्ध बस्ती र खेतबारीमा आकाशबाट खसेको पानी कारण ढलेको देखिन्छ । बस्तीबाट बगेको पानीले तटबन्धको पछाडीको माटो जति बगेको छ । माटो बगेपछि तटबन्ध बस्तीतर्फ ४५ डिग्रिको कोण्मा ढलेको छ । ...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलासले वार्षिक लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट गर्दै ९२.११ प्रतिशत समग्र फर्छ्योट दर कायम गरेको छ। इजलासले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षभर ९१३ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये ८४१ वटा मुद्दाको फैसला गरिएको छ भने ७२ वटा मुद्दा मात्र बाँकी रहेका छन्। त्यस्तै, इजलासले आर्थिक वर्षका लागि ५९० मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा २५१ वटा बढी अर्थात् ८४१ वटा मुद्दा फर्छ्योट गर्दै १४२.५४ प्रतिशत लक्ष्य उपलब्धि हासिल गरेको छ। यसले इजलासले तोकिएको लक्ष्यभन्दा निकै उच्च कार्यसम्पादन गरेको देखाउँछ। अर्को उल्लेखनीय पक्ष के छ भने, एक वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको इजलासले जनाएको छ। यसले पुराना मुद्दा समयमै टुंग्याउने न्यायालयको प्रतिबद...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही देशको सुख–दुःख देख्दै आएको छु। त्यसैले आज मनमा वर्षौँदेखि दबिएको एउटा पीडा शब्दमा उतार्दैछु। आज हाम्रो देशमा युद्ध छैन। बम विस्फोट भइरहेको छैन। सीमा क्षेत्रमा गोली चलेको छैन। तर पनि मलाई लाग्छ, एउटा मौन युद्ध निरन्तर चलिरहेको छ। त्यो युद्ध हो—युवाको सपना, आत्मविश्वास र भविष्यमाथिको युद्ध। आज बिहान सबेरै विमानस्थलमा पुगेका हजारौँ युवाको अनुहारमा एउटै प्रश्न हुन्छ—"यदि आफ्नै देशमा सम्मानपूर्वक बाँच्ने, काम गर्ने र परिवार पाल्ने अवसर पाएको भए, के म विदेश जान्थेँ?" यो प्रश्न उनीहरूले मुखले नभने पनि उनीहरूको आँखाले बोलिरहेको हुन्छ। एक समय गाउँका चौतारीमा युवाको हाँसो गुञ्जिन्थ्यो। खेतबारीमा पसिना बग्थ्यो। मेलापात, चाडपर्व र गाउँका कार्यक्रमहरूमा उत्साह देखिन्थ्यो। आ...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित विद्यालयले प्लस टु संयोजक शंकर बोगटीको अध्यक्षता एवं व्यवस्थापन समिति अध्यक्ष केशव बहादुर चन्दको प्रमुख आतिथ्यतामा कक्षा ११ मा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुलाई अविर टिका र खादा माला लगाएर भव्य स्वागत गरेको हो । कार्यक्रममा कक्षा ११का अढाई सय विद्यार्थीलाई स्वागत गरिएको प्रिन्सिपल चुडामणी शर्माले बताए । कार्यक्रमका प्रमुख अतिथि चन्द, प्लस टु सांयोजक बोगटी, प्रिन्सिपल शर्मा लगायतले विद्यार्थीहरुको उज्वल भविष्यको कामनासहित स्वागत गरेका थिए । कक्षा ११ र १२ का चार सय विद्यार्थी कार्यक्रममा सहभागी भए । कार्यक्रमका प्रमुख अतिथि चन्दले विद्यालयको चौतर्फी विकासका लागि व्यवस्थापन समितिले थप योजना बनाई कार्यान्वयन गर्ने र नयाँ टिमले विद्यालयलाई थप उचाई पु¥याउने विश...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी रानाको घरबाट बन्दुकसहित लागू औषध बरामद गरी राना दम्पतीलाई प्रहरीले हिरासतमा राखेको छ । लागु औषध नियन्त्रण ब्युरो धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय रैकवारको प्रहरी टोलीले बुधबार रानाको पिपरियास्थित घरमा खानतलासी गर्दा भरुवा बन्दुक र लागू औषध भेटाएपछि नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतले बताए । पक्राउपछि दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । डिएसपी रावतका अनुसार राना दम्पतीको घरबाट ७८ मिलिग्राम खैरो हिरोइन र ८० ग्राम बरामद गरिएको छ । प्रहरीले घरबाट विभिन्न कम्पनीका १० थान मोबाइल सेट समेत बरामद गरेको छ ।...
कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

कोठे कार्यक्रम होइन, लागूऔषधको जरामै प्रहार गरौं

ट्रेन्डिङ, ताजा अपडेट, विचार, शिक्षा, सुदूरपश्चिम
– रमेश बस्नेत, लागूऔषध दुर्व्यसन आज नेपालको मात्र होइन, विश्वकै गम्भीर सामाजिक चुनौती बनेको छ। हाम्रो समाज पनि यसको चपेटाबाट अछुतो छैन। विशेष गरी आशा र सम्भावनाले भरिएका युवाहरू लागूऔषधको दलदलमा फस्दै जाँदा परिवारको खुसी, समाजको शान्ति र राष्ट्रको भविष्य नै संकटमा पर्दै गएको छ। हरेक वर्ष लागूऔषध नियन्त्रणका नाममा विभिन्न गोष्ठी, अन्तरक्रिया, सेमिनार, र्‍याली तथा औपचारिक कार्यक्रमहरू आयोजना भइरहेका छन्। कार्यक्रममा ठूलाठूला भाषण हुन्छन्, प्रतिबद्धता व्यक्त गरिन्छ, तस्बिर खिचिन्छ र समाचार प्रकाशित हुन्छ। तर कार्यक्रम सकिएपछि समस्या जहाँको त्यहीँ रहन्छ। दुर्व्यसनमा फसेका युवाको संख्या घट्नुको सट्टा झन् बढिरहेको यथार्थ हाम्रो सामु छ। यसले एउटा गम्भीर प्रश्न उठाएको छ—के अब पनि कोठाभित्र सीमित कार्यक्रमले मात्र यो समस्या समाधान गर्न सक्छ? यसको उत्तर स्पष्ट छ—सक्दैन। अब लागूऔषध नियन्त्रणका लाग...
सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

सडकहरू फराकिला हुँदै, गाउँघरका आँगनहरू युवाविहीन

ट्रेन्डिङ, ताजा अपडेट, विचार, सुदूरपश्चिम
– रमेश बस्नेत, नेपाल यतिबेला विकासको नयाँ युगमा प्रवेश गरिरहेको दाबी गरिन्छ। संघीयता कार्यान्वयनसँगै देशका विभिन्न कुनाकाप्चासम्म सडक सञ्जाल विस्तार भइरहेको छ। पहाडहरू छिचोलिएका छन्, नदीहरूमा पुल बनेका छन्, बजारहरू फैलिएका छन्। विकासका सूचकहरू कागजमा सुन्दर देखिन्छन्। तर यही सुन्दर चित्रभित्र एउटा मौन पीडा छ, जसलाई देख्न आँखा मात्र होइन, महसुस गर्न हृदय पनि चाहिन्छ। देशका सडकहरू फराकिला हुँदैछन्, तर गाउँघरका आँगनहरू युवाविहीन बन्दैछन्। यो कुनै साहित्यिक उपमा मात्र होइन, आजको नेपालको कटु यथार्थ हो। विकासको नाममा बनेका सडकहरूले गाउँलाई शहरसँग जोडे, तर ती सडकहरूले गाउँका युवाहरूलाई आफ्नै जन्मभूमिबाट टाढा पुर्‍याउने बाटो पनि बने। आज हजारौँ गाउँहरूमा बिहानको उज्यालोभन्दा बढी सन्नाटा छ। घरका आँगनमा बालबालिकाको हाँसोभन्दा बढी वृद्ध आमाबुबाको प्रतीक्षा सुनिन्छ। कुनै समय गाउँका चौतारीमा बस...
बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

बेलौरी नगरपालिकाले बाड्यो एक सय ८२ थान कृषि उपकरण

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ । कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई मङ्गलबार आधुनिक कृषि उपकरण वितरण गरेको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई १८२ थान यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो । कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रु ४२ लाख बराबरको लगानी गरेका छन्। नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेठीका अनुसार वितरण गरिएका सामग्रीमा ९२ थान सिँचाइका विद्युतीय मोटर, १७ थान पम्पसेट, १० थान मिनी टिलर, पाँच थान रोटाभेटर, १० थान कल्टिभेटर र १० थान २२ हर्ष पावरका पावर टिलर वितरण गरिएको छ। यसैगरी, पाँच थान चारचक्के पावर टिलर, दुई थान सुगरकेन मल्चर, दुई थान राजाहल, दुई थान रिपर, दुई थान कम्बाइन मिल, द...
राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

राष्ट्रिय दलित आयोगका पूर्व सदस्य विश्वकर्माको निधन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका विश्वकर्माको ७२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । विश्वकर्मा लामो समयदेखि राजनीति र दलित समु्दायका अधिकारका लागि सक्रिय व्यक्तित्व हुन् । कैलालीको धनगढीका विश्वकर्माको निधनपछि पार्थिव शरिर घर ल्याईएको छ । विश्वकर्माको बुधबार विहान गोदावरीमा अन्त्येष्टि गरिने छोरा हिमेश बिकेले जानकारी दिए । विश्वकर्माले राजनीति, समाजसेवासंगै दलित समुदायका शिप कला सम्बन्धि शिल्पी समुदायका कला पुस्तक लेखन गरेका छन् ।...
गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

गन्धनाला पानी निकास गर्न कलभर्ट नहुँदा बर्सेनि नयाँ गाउँ डुबानमा

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - गन्ध नालाको पानी अवरोध हुँदा बेदकोट नगरपालिका १० सिसैया नयाँ गाउँ डुबानमा परेको छ । बेदकोट न. पा. १० सिसैया नयाँगाउ नहर सडक खण्ड अन्तर्गत SI 7/1 र SI 7/2 टर्सरीको बिच भाग बाट चतहरी जोड्ने सडक रहेको छ । ति दुवै टर्सरी तथा सडकको मुनि गन्धनालाको पानी निकासको लागि होम पाइप राखिएको छ । बर्सादमा सिसैया बजारस्थित पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रबाट बग्ने पानी सोही नालाबाट निकास हुन्छ । होमपाइपको ठाउँमा  R.C.C. कलभर्ट निर्माण भए डुबानको समस्या समाधान हुने भएपनि त्यसतर्फ सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले भनाइ छ । R.C.C. कलभर्ट निर्माण गरिदिन स्थानीयले वडा कार्यालय, बेदकोट नगरपालिका, महाकाली सिँचाइ व्यवस्थापन, महाकाली सिँचाइ डिभिजन कार्यालय, महाकाली सिँचाइ आयोजना ब्लक डी लालपुर लगायत निकायमा पटक पटक गुहार गर्दा पनि उनीहरूले ध्यान नदिएको स्थानीयको गुनासो छ । यद्दपी आ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज