Advertisement

ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। सो पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ । एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। माघ पूर्णिमादेखि रानाथारु समुदायको होरी पर्व सुरु भएको थियो। खख्डेहरा फुटाएपछि पुरुषको होरी समापन हुने गरेको धनगढी गाउँका भलमनसा भज्जी रानाले बताए। महिलाले भने चैतको चराइँमा होरी समापन गर्ने चलन रहेको छ।...
एसईई परीक्षाको प्रश्नपत्र हल गरीरहेका एक शिक्षक पक्राउ

एसईई परीक्षाको प्रश्नपत्र हल गरीरहेका एक शिक्षक पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कैलालीमा एसईई परीक्षाको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमला रहेका छन्। प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार उनी परीक्षा केन्द्रबाट करिब २०० मिटर टाढा प्रश्नपत्र हल गर्दै गरेको अवस्थामा भेटिएका थिए। प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहकाअनुसार धमलाको मोबाइलमा रहेको म्यासेन्जर चेक गर्दा अछामबाट महेन्द्र धमलाले उनलाई प्रश्नपत्र पठाएको देखिएको छ। उक्त प्रश्नपत्र बिहान ९ः३५ बजे मोबाइलमा आएको खुलेको छ। ‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनले कसैलाई चिट चोराएको भने देखिएको छैन,’ प्रहरी निरीक्षक सिंहले भने। यस घटनाबारे परीक्षा समिति र सम्बन्धित निकायलाई जानकारी गराइएको छ। प्रहरीले अर्को एक व्यक्ति आ...
बैतडीबाट पहिलो दिनको एसईई परीक्षामा ८६ प्रतिशत विद्यार्थी सहभागि भए

बैतडीबाट पहिलो दिनको एसईई परीक्षामा ८६ प्रतिशत विद्यार्थी सहभागि भए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
किरन चन्द, बैतडी–आज बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा(एईई) सुरु भएको छ । बैतडी जिल्लाबाट ८६ प्रतिशत विदार्थीले आज भएको एसईई परीक्षामा उपस्थीत अर्थात सहभागि भएका छन् । ५ हजार ३ सय ६२ जना विद्यार्थीले एसईईको परीक्षा फरम भरेको भएता पनि आज भएको पहिलो दिनको परीक्षामा ४ हजार ६ सय ४४ जना विद्यार्थीमात्रै सहभागि भएका हुन् । पहिलो दिनको परीक्षमा ७ सय १८ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिनुभयो । उनका अनुसार १३ दशमलव ६१ प्रतिशत अनुपस्थित भएका हुन् । साधारण तर्फ ४ हजार ९१ जनाले फरम भरेकोमा एक हजार ९ सय ५४ जना छात्र र २ हजार ६६ जना छात्रा गरी ४ हजार २० जना मात्रै परीक्षामा सहभागि भएका छन भने २० छात्र ५१ छात्रा गरी ७१ जना विद्यार्थी अनुपस्थीत भएको सूचना अधिकारी शर्माले बताउनुभयो । त्यसैगरी ग्रेडबृद्धिका लागि १ हजार ५५ जनाले ...
महेश्वर माविमा सिटिजन्स् बैंकद्वारा प्रोजेक्टर सहयोग प्रदान

महेश्वर माविमा सिटिजन्स् बैंकद्वारा प्रोजेक्टर सहयोग प्रदान

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयलाई सिटिजन्स् बैंकले प्रोजेक्टर सहयोग प्रदान गरेको छ । विद्यार्थीको पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग गरेको हो । कक्षाकोठाको शैक्षणिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदा सिकाइ उपलब्धि बढ्ने विश्वास गरिन्छ । विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरिएको महेन्द्रनगर शाखा प्रमुख शंकरप्रसाद जोशीले जानकारी दिए । कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरे । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका १९८ वटा शाखा, १६३ वटा एटीएम,...
प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफत ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुधबार निर्वाचन समिति संयोजक हरी प्रसाद जोशीको सभाध्यक्षता एवं नेकपा(एमाले)का केन्द्रय सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चार्ज निरु देवि पालको प्रमुख आतिथ्यतामा प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाको ८औ जिल्ला अधिबेशनबाट निर्वाचित पदाधारी तथा सदस्यहरुको सफथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत राजेन्द्र धामीले सफथ खुवाएका थिए । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष तथा प्रदेश कोषाध्यक्ष लक्ष्मण दत्त पन्तले नव निर्वाति अध्यक्ष मदन गिरीलाई पदभार हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रेस चौतारी नेपालका ंप्रदेश ईन्चार्ज लोकसरी कुवर, नेकपा एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा विशिष्ठ अतिथी रहेका ...
महिलाको हत्या आरोपमा महिलासहित तिन जना पक्राउ

महिलाको हत्या आरोपमा महिलासहित तिन जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुरमा एक महिलाको हत्या आरोपमा एक जना महिलासहित तिन जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको हत्या गरेको आरोपमा कसी सुनारकी सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र सौतापट्टीको छोरा अर्जुन सुनारलाई शनिबार नै प्रहरीले पक्राउ गरेको हो । स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । तिस बर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए । मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन । एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट ...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले जिल्लामा एसईई परीक्षाको तयारी पुरा भएको बताउनुभयो । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । ‘जिल्लाका सबै परीक्षाकेन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सम्पूर्ण समाग्रि पु¥याईसकेका छौ,’ ईकाईका शाखा अधिकृत भट्टले भन्नुभयो, ‘आज पनि परीक्षा केन्द्रका केन्द्राध्यक्षसंग वरेन्टेसन सम्पन्न ग¥यौ, परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।’ अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० ...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिेरोध चयन भएका छन् । दानेश्वरहरि बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा बिकला कुमारी रावल, सचिवमा दिनेश धामी, कोषाध्यक्षमा मोनिका चन्द र सदस्यमा आरती राना अनेरास्ववियू बाट निर्विरोध चयन भएको अनेरास्ववियु जिल्ला अध्यक्ष अमर धामीले जानकारी दिए । अन्य क्याम्पसहरूमा पनि सहमतिको प्रयास भइरहेको उनले बताए । यस्तै, झलारी स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा पनि सहमतिका आधारमा सभापतिको टुंगो लगाइएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेस पण्डीतले जानकारी दिए । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा नेपाल विद्यार्थी संघका करन प्रसाद भट्ट चयन भएका उनले जनाए ।...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार्वजनिक गरेको छ । डोटेली भाषा र सङ्गीतलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ विभिन्न समयमा डोटेली भाषाका गित सार्जजनिक गर्दै आईरहेको रातोतातो स्टेसनले ‘हैला बुदी’ मार्फत पुनः दर्शक तथा श्रोताको मन जित्ने प्रयास गरेको छ । रातोतातो स्टेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा प्रमुख कलाकारका रूपमा रोहित साउद, नीरज भण्डारी र सुरज भण्डारी रहेका छन् । भीडियोमा विशेष गरी ग्रामीण जीवनशैली, प्रेम र हास्य रसलाई प्रस्तुत गर्न खोजिएको छ । शब्द, लय तथा सङ्गीत संयोजनले डोटेली मौलिकतालाई जोगाउँदै श्रोतामाझ नयाँ तर रमाइलो प्रस्तुति दिने प्रयास गरेको देखिन्छ। यस गीतको स्वर, सङ्गीत तथा रचना रोहित साउदले गरेका छन्। रातोतातो स्टेसनका गीतहरू दर्शक तथा श्रोताले अत्यध...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । कञ्चनपुरसहित तराईका नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा होली मनाइँदै छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ दल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ। सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको विश्वास रहेको छ । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज