Advertisement

ट्रेन्डिङ

महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

महेन्द्रनगरमा थरकै कारण तुलसीले पाईनन् डेरा, को होलान् थर सोधेर डेरा छैन भन्ने ?

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–तुलसीले सुदूरपश्चिम विश्वविद्यालय वरपरका धेरैजसो घरमा चाहार्दा पनि डेरा पाउन सकिनन्, कारण एउटै छ त्यो हो थर । दैलेख घर भई हाल सुदूरपश्चिम विश्वविद्यालयमा कानुन संकाय अन्तरगत छैटौ सेमिष्टरमा अध्ययनरत विद्यार्थी तुलसी विकले थरकै कारण विश्वविद्यालय आसपासका घरमा डेरा नपाएको गुनासो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थीत भएर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई सुनाईन् । विश्व अर्को ग्रहमा आवासको खोजी गरीरहदा कञ्चनपुरमा मानवले मानवको घरमा डेरा पाउन मुस्किल परेको विषय सार्वजनिक भएको छ । विद्यार्थी विकले पनि प्रमुख जिल्ला अधिकारी सापकोटालाई आफ्नो पीडा सुनाइन् । उनले आफूले डेराका लागि विश्वविद्यालय आशपास क्षेत्रका सबै घर पुगेको बताइन् । ‘कोठा हेर्न जान्छु, कोठा छ भन्नु हुन्छ, जात सोधेपछि दलित हुँ भन्ने थाह पाएपछि हुँदैन भन्छन्’ उनले सुनाइन्,‘मलाई यहाँ यसरी जातीय विभेद हुन्...
कञ्चनपुरमा झन्डै ९ लाख मुल्यका भन्सार छलीका सामान बरामद

कञ्चनपुरमा झन्डै ९ लाख मुल्यका भन्सार छलीका सामान बरामद

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुरमा झन्डै ९ लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला भाईरल रोड र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८ लाख ८२ हजार ४ सय बराबरको सामान बरामद गरिएको हो । भन्सार छलीका पेय पदार्थ, कुरकुरे, चस्मा, मोबाईल डिस्प्ले, ग्लास, चार्जर, हाउजिङ्ग, ब्याक पाईनल, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । थप आवश्यक कारवाहिको लागि बरामद गरीएको सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

कृष्ण दत्त पन्तको डेउडा गीत ‘जोइ पोइ’ आइतबार सार्वजनिक (भिडियो सहित)

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर -सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिलाई उजागर गर्ने गायक कृष्ण दत्त पन्तको नयाँ डेउडा गीत ‘जोइ पोइ’ आउँदो सार्वजनिक भएको छ। गीत भिडियो सहित ‘सुदूर खबर वान’ युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ। गीतमा कृष्ण दत्त पन्त र संगीता मल्लको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन र लय चर्चित गायक गोपाल दयालले गरेका छन्। गीतको मिक्सिङ मनोज परियारले गरेका हुन् भने रेकर्डिङ कार्य म्युजिक प्लस काठमाण्डौं स्टुडियोमा सम्पन्न भएको हो। कमेडी डेउडा शैलीमा तयार पारिएको यस गीतमा गायक कृष्ण दत्त पन्त स्वयं अभिनयमा देखिनेछन्। साथै, वर्षा सापकोटा, सागर धामी, दिपा बम, पवित्रा थापा र जुना साउदको समेत अभिनय रहनेछ। भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन किशोर कुमार भण्डारीले गरेका छन् भने मेकअपको जिम्मेवारी दिपा भण्डारीले सम्हालेकी छिन्। सुदूरपश्चिमको मौलिक डेउडा संस्कृतिलाई मनोरञ्जनात्मक रूपमा प्रस्त...
नेकपा(एमाले)ले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिलाई ग¥यो सम्मान

नेकपा(एमाले)ले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिलाई ग¥यो सम्मान

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा(एमाले) ले पार्टीका संस्थापक र पार्टीबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६को एमाले वडा कमिटिले पार्टीका संस्थापक सदस्य तथा पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सम्मानित हुने पुर्व जनप्रतिनिधिमा भीमदत्त नगरपालिकाका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्ट, गणेशदत्त भट्ट, स्व पदम बहादुर सिंह, गोपाल सिंह कार्की, पार्वती सुनार र सन्ध्याा थापा रहेका छन् । त्यसैगरी सस्थापकमा भवानी दत्त पन्त, स्व. कृष्ण बहादुर मल्ल, शिव बहादुर ओली, प्रेम बल्लब पन्त, रुद्रदत्त मिश्र, चुरा बहादुर थापा, केशव दत्त जोशी र रमेश रोकायालाई सम्मान गरीएको नितेश रावलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एमाले कञ्चनपुर जिल्ला ईन्चार्ज निरुदेवि पालले सम्मानित भएका एमालेका सस्थापक तथा पूर्व जनप्रतिनिधिलाई दोसल्ला ओडाएर सम्मान पत...
कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकलाई

Breaking News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर– कर्पोरेट कप सुपर सिक्स क्रिकेटको उपाधि नविल बैंकले जितेको छ । शनिबार भएको फाईनल खेलमा भीमदत्त नगरपालिकालाई ४ विकेटले पराजित गर्दै नविल बैंकले उपाधि चुमेको हो । नविल बैंकले उपाधि जितेसंगै नगद रु ८८ हजार आठ सय ८८ र ट्रफी पाएको छ । भीमदत्तले दिएको ५८ रनको लक्ष्य नविल बैंकले पाँच दशमलव दुइ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । नविल बैंकले गणेश वहादुर धामीले सर्वाधिक २६ रन बनाए । त्यसैगरि निरज भट्टले २१ रनको योगदान गरे भने गणेश बहादुर चन्दले १० रनको योगदान गरे । बलिङमा भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे । त्यसअघि ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । भीमदत्तका लागि विरेन्द्र सार्कीले सर्वाधिक ३० रनको योगदान गरेका थिए । यसैगरि हेमन्त प्वालीले १७ रन बनाए भने लोकराज पन्तले ६ रनको योगदान गरे । बलिङ्गमा नविल बैंकका...
महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गरीदै

महाकाली प्रादेशिक अस्पतालमा सिटिस्क्यान सेवा सञ्चालन गरीदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिटी स्क्यान सेवा सञ्चालन हुने भएको छ । महाकाली प्रादेशिक अस्पतालमा असारको पहिलो सातादेखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईने भईएको हो । अस्पतालले सिटिस्क्यान सेवा सञ्चालनका लागि उपकरण आपूर्तिकर्ता संग फागुन ६ गते सम्झौता गरेको छ । सम्झौता अनुसार सम्झौता भएको मितिदेखि चार महिनामा उपकरण जडान गरी आपूर्तिकर्ताले उपकरण सञ्चालन गरी हस्तान्तरण गर्नुपर्ने छ । सिटिस्क्यान उपकरण खरिदका लागि अस्पतालले बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५ सय ६० रुपयाँमा सम्झौता गरेको छ । सिटिस्क्यान सेवा सञ्चालन गर्नका लागि सामाजिक विकास मन्त्रालय प्रदेश सरकारसंग बजेट माग गरेका र सरकारले बजेट दिएपछि सिटिस्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष किरण भट्टले बताउनुभयो । असारको पहिलो साताबाट नै सिटिस्क्यान सेवा प्रवाह ग...
सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन प्रदेश सभामा तत्काल पेश गर्न नेपाल निजामती कर्मचारी संगठनकाे माग

सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन प्रदेश सभामा तत्काल पेश गर्न नेपाल निजामती कर्मचारी संगठनकाे माग

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कञ्चनपुरले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन २०७९ तथा नियमावली २०८१ लाई प्रदेश निजमती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले अपनत्व लिने गरी संशोधन गर्न र स्थानीय सेवा गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा स्थानीय तहमा कार्यरत सबै किसिमका कमचारीहरुको भावना समेटी तत्काल प्रदेश सभामा पेश गर्न सुप प्रदेश सरकारसंग माग राखेको छ । शुक्रबार नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले एक विज्ञप्ती जारी गरी निजामती कर्मचारीका बृद्धिविकासलगायतका स्थानीय सेवा गठन, सेवा शर्तसम्बन्धमा बनेका विधेयक तत्काल प्रदेश सभामा पेश गर्न प्रदेश सरकारसंग जोडदार माग राखेको हो । निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्दद्धारा हस्ताक्षर गरीएको विज्ञप्तीमा संघियताको सफल कार्यान्वयनका लागि संघीय निजामती सेवा ऐन तत्काल ...
घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करिब दुई बर्ष हुन लाग्यो । यस ठाउँमा पहिलो पटक बसाइँ गर्दै गर्दा करिब एक महिनासम्म पनि कोठा नपाएर कष्टपुर्ण वातावरण सिर्जना भएको थियो । यो बिषयमा त्यति बेला पनि कुरा उठेको थियो तर मैले आफै नै यो बिषयलाई सामान्यीकरण गरेको हुँ । नयाँ ठाउँको नयाँ वातावरण बुझ्न न भनेर मैले यो बिषयलाई त्यति बढवा नदिने निर्णय गरेको हुँ । तर जति समय बित्दै गयो त्यति नै बिकराल रुप लिने गरेको पाइयो । नयाँ सेमिस्टार भर्ना भएसंगै नयाँ भाई बहिनीहरु जुन दलित समुदायबाट प्रतिनिधित्व गर्छन उनीहरुका लागि पनि कष्टपुर्ण वातावरण सिर्जना भएको छ । के सुदूरपश्चिम विश्वबिद्धालय दलित समुदायका विद्यार्थीहरुका लागि स्थापना भएको होइन र ? यदि दलित विद्यार्थीका लागि होइन भने भर्ना किन लियो र ? सुदूरपश्चिम ब...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय गरेको छ । शुक्रबार नेकपा एमाले कञ्चनपुर पार्टी कार्यालयमा बैठकका निर्णय सार्वजनिक गर्न गरीएको पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कंडेलले पार्टिको विधान अनुसार पालिकास्तरसम्मका कमिटिहरुको लेखा परीक्षण गर्नुपर्ने भएकाले त्यही म्याण्डेट अनुसार केन्द्रीय लेखा आयोगले काम गरीरहेको बताउनुभयो । ‘स्थानीय तहसम्मको लेखा परीक्षण गर्नेभन्ने छ, पार्टीको विधानमा, त्यो विधानले गरेको व्यवस्थाअनुसार नै पार्टीको राजनितिक दस्तावेज, राजनितिक प्रतिवेदनले र पार्टिको सयूक्त सोचलाई सहयोग गर्ने हिसावले केन्द्रीय लेखा आयोगले काम गरीरहेको छ,’ उहाँले भन्नुभयो ‘र यहि अनुसार हामीले गरेका छौ र अघिल्लो आर्थिक बर्षको करिव–करिव हामीले हामीलाई तोकिएको जुन विधानमा ...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिका अध्यक्ष ओमप्रकास रानालाई सोधपुछका लागि नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले बताए । अध्यक्ष रानालाई वन कार्यालयको हिरासतमा राखिएको छ । केही दिन अघि लालझाडीमा जंगली हात्ती मृत फेला परेपछि पोष्टमाष्टम प्रतिवेदनले करेन्ट लागेर हात्तीको मुत्यु भएको विषय खुलेपछि डिभिजन वन कार्यालयले कसले करेन्ट लगाएर हात्ती मारेको बारे अनुसन्धान अघि बढाएको छ । लालझाडीमा जंगली हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । लालझाडीका स्थानीय हात्ती आतंकले समस्या छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज