Advertisement

ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० प्रकाश रानाभाटले राजीनामा दिएका छन्। रानाभाटले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन्। २०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसै वर्ष एसएसपीमा बढुवा भएका थिए। उनी २०८२ साउनमा वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भएका थिए। रानाभाटले आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको बताए। राजीनामा स्वीकृतिका लागि प्रहरी महानिरीक्षकले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ। एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ।...
बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको छ । बुधबार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा आर्थिक बर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमहरुको जिल्ला स्तरीय ‘बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सुरु भएको हो । बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी दुई दिन सम्म चल्नेछ । बुधबार उक्त गोष्ठीको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । गोष्ठीमा आर्थिक बर्ष २०८१/०८२ मा जिल्लाका नौ वटै पालिका, महाकाली प्रादेशिक अस्पताल, महाकाली आयुर्वेद औषधालय र दातृ निकायहरुले सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, पालिकाहरुले पाएको लक्ष्य प्राप्त ग¥यो कि गरेन बार्षिकरुपमा मूल्यांक तथा समीक्षा गरीने समुद्धघाटन कार्यक्रमको अध्यक्षता समेत गरेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख नरेन्द्र सिंह र...
मंगलबार दुई युवा जिप्रका पुग्नुको यस्तो रहस्य

मंगलबार दुई युवा जिप्रका पुग्नुको यस्तो रहस्य

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको ईप्रका बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० सडकघाटबाट कृष्णपुर नगरपालिका २ बंकका प्रदिप ऐरी र बेदकोट नगरपालिका २ जडेपानिका जनक बोहरालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई पक्राउ गर्नुको एउटै कारण हो लागुऔषध ओसार पसार गर्नु । प्रहरीको संयुक्त गस्ति टोलीले दुवैजनालाई चेकजाँच गर्दा निजले लुकाई छिपाई राखेको ५(पाँच) ग्राम लागुऔषध खैरोहिरोईन फेला पारेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई चेकजाँच गरीएको र उनीहरुको साथबाट पाँच ग्राम खैरोहिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । उनका अनुसार खैरोहिरोईन बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । पछिल्लो समयमा युवा...
जिल्लाका पाँच क्षेत्रमा अन्तरविद्यालय फुटबल छनौट हुने, तोकिए संयोजक

जिल्लाका पाँच क्षेत्रमा अन्तरविद्यालय फुटबल छनौट हुने, तोकिए संयोजक

Breaking News 2, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
बिकाश सिंह महता, महेन्द्रनगर - कञ्चनपुर जिल्लामा यू-१४ छात्रा/छात्र अन्तरविद्यालय फुटबल प्रतियोगिता -२०८२ सञ्चालनका संयोजक लगायत सम्पर्क व्यक्तिको नामावली सार्वजनिक गरिएको छ। कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा कार्तिक ५ गते बसेको बैठकबाट कञ्चनपुर जिल्लामा यू-१४ छात्रा/छात्र अन्तरविद्यालय स्तरीय छनौट प्रतियोगिता सञ्चालन गर्नका लागि दर्ता मिति घोषण गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो। उनका अनुसार, जिल्लाका पाँच वटा क्षेत्रमा अन्तरविद्यालय छात्रा/छात्र फुटबल प्रतियोगिताका लागि छनौटका संयोजक प्रशिक्षक र सदस्यलाई जिम्मेवारी दिएको हो। प्रतियोगिताका लागि कार्तिक २२ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क २ हजार १ सय तोकिएको छ। संघले विद्यालयलाई आफ्नो पायक पर्ने जुनसुकै क्षेत्रमा टिम छनौटका टिम दर्ता गर्न सकिने बता...
जग्गा फिर्ताको मागसहित आरक्षपिडित जिल्ला प्रशासनअगाडि टहरा बनाएर रिले अनसनमा

जग्गा फिर्ताको मागसहित आरक्षपिडित जिल्ला प्रशासनअगाडि टहरा बनाएर रिले अनसनमा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जग्गा फिर्ताको मागसिहित आरक्षपिडित जिल्ला प्रशासन आगाडि टहरा बनाएर धर्नामा बसेका छन् । विक्रम संम्बद २०५८ सालमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज निर्माणको क्रममा विस्थापित भएका आरक्षपिडित पुर्नस्थापना अर्थात जग्गा फिर्ताको मागसहित सोमबारदेखि जिल्ला प्रशासन कार्यालयको मुलगेट अगाडि घरटरहरा बनाई रिलेअनसनमा बसेका हुन् । ढक्का सिविरमा बस्दै आएका झण्डै अढाईसय परिवार लालाबालासहित जिल्ला प्रशासन अगाडि अस्थायी टहरा बनाई बसेका छन् । सरकारले पुर्नस्थापना गर्न नसक्ने, खाली जमिन भएको क्षेत्रमा बस्दा प्रहरी प्रशासनको दुरुपयोग गरी उठाउने कार्य गर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मुल गेट अगाडी टहरा बनाई बसेको उनीहरुले दुखेसे पोखेका छन् । सोमबार छठको सार्वजनिक विदा भएकाले आरक्षपीडित र स्थानीय प्रशासनविच वार्ता हुन सकेको छैन् । यहि ५ कार्तिक(बुधबार) कृष्णपुर नगरपालिका १ जयशंकर सामुदा...
कञ्चनपुरमा पनि छठको रौनक

कञ्चनपुरमा पनि छठको रौनक

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा पनि छठ पर्व हर्सउल्लासका साथ मनाईदै छ । नेपालको पूर्वी तराई एवं मधेशी समुदायले हरेक बर्ष मनाउदै आएको छठ पर्व महेन्द्रनगरको महाकाली सिँचाई नहर किनारमा धुमधामका साथ सुर्य भगवानको पुजाआज गरी मनाईदैछ । घर परिवारमा सुख शान्तिदेखि सन्तानको भविष्यका लागि मनाईने उक्त पर्व विगत दश बर्षदेखि महेन्द्रनगरमा मधेशमुलका समुदायले मनाउदै आएका छन् । मधेशी समुदायका अगुवा राम सोगारथ ठाकुरले महाकाली सिँचाई नहर किनार घाट बनाएर पुजा शुरु गरिएको बताए । छठ पर्व मनाएर सन्तानको महिमा बढ्ने धार्मिक मान्यता रहेको छ । घरबाट पकाएर ल्याएका खाने परिकार सहित नदीमै स्नान गरेर मनाउने चलन रहेको उनले बताए । मैथली समुदायका अगुवा राम लखन गुप्ताले पनि बेलौरी बैशाखा नदीमा सामुहिक छठ पर्व मनाएको बताए । उनले सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजागर्ने भक्तजनहरुले मनोकाङक्षा पुराका लागि मनाउने बताए । छठको...
प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

प्रहरी दिवसको पुर्व सन्ध्यामा कुटिए प्रहरी इन्चार्ज

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–आज ७०औ प्रहरी दिवस । नेपाल प्रहरीले विभिन्न जिल्ला तथा प्रधान कार्यालय काठमाण्डौमा धुमधामसंग दिवस मनाईरहको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा पनि प्रहरी दिवस धुमधामसंग मनाईदै छ । तर यतिबेला जिल्ला प्रहरी कार्यालयकै मातहतमा रहेको ब्रह्मदेव प्रहरी चौकी ईन्चार्ज एवं प्रहरी नायव निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट घट्नाको भिडियो बाहिर आएको छ । बिहिबार राति भीमदत्त नगरपालिका वडा नं.९ ब्रह्मदेव बजारबाट महेन्द्रनगर हुदै डडेल्धुराको जोगबुडा जाने बोलेरा जिपलाई सिट क्षमताभन्दा बढि यात्रु राखेको विषयमा विवाद हुदा यात्रु र चालकले ईन्चार्ज चन्दलाई कुटपिट गरेको हुन् । ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको ? भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताएका छन् । सई...
अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

अन्दाजी १२ हजार मूल्य बरावरको मोटरसाईकलका पार्टपूर्जा प्रहरी चौकी टेडुवाको नियन्त्रणमा

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुकर जिल्लाको बेलौरी नगरपालिका वडा नं. २ खैरेनीबाट भन्सार छलीको सामान बरामद गरीएको छ । बिहिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत रहेको प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु १२ हजार ८ सय बरावरको मोटरसाईकल पार्टपूर्जा, स्पाईट जुसलगायतका सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त समान बेवारीसे अवस्थामा प्रहरीको गस्ती टोलीले बरामद गरी कानुनी कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएपि सागर बोहराले बताए ।...
बिपिन जोशीको घरपरिवार आशाबादी

बिपिन जोशीको घरपरिवार आशाबादी

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - दुई वर्षदेखि हमास समूहको अपहरणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे इजरायली अधिकारीलाई उदृत गर्दै इजरायली राजदूत धनप्रसाद पण्डितले जोशीको घरपरिवारलाई जीवित भएको प्रमाण फेला नपरेको जानकारी गराएका छन् । उक्त खबरले कञ्चनपुरको भीमदत्त नगरपालिका– ३, महेन्द्रनगर बिचपुरी टोलमा सन्नाटा छाएको छ । सोमबार बिहान इजरायली सरकारले नेपाली राजदुतावास र परिवारलाई भिडियो कलमार्फत दिएको सूचनामा परिवार अझै विश्वस्त नभएता पनि अन्योलमा परेको छ । विपिनका ठुलोबुबाका छोरा(दाजु) किशोरका अनुसार नेपाली विद्यार्थी विपिनको घरपरिवार एकातिर अन्योलमा छ भने अर्कातिर अझै आशावादी रहेको छ । हमास समुहले सोमबार २० कैदीबन्दीसँगै विपिन जोशी पनि रिहा गर्ने आशामा परिवार थियो । तर,  विपिन बारे आएको पछिल्लो खबरले अमेरिकामा रहेकी विपिन जोशीको बहिनी पुष्पा, आमा पद्मा र नेपाल(घर)मै रहेका बाबु महानन्दमाथि थप...
मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मेधावी सेकण्डरी स्कूल महेन्द्रनगरका विद्यार्थीहरुले कैलालीमा फिल्ड भिजिट अर्थात एकदिने अध्ययन भ्रमण गरेका छन् । महेन्द्रनगकै उत्कृष्ट स्कूल मेधावी सेकण्डरीले शनिबार कक्षा ८ र ९ का विद्यार्थीहरुलाई कैलालीको गोदावरी नगरपालिकास्थित फोहर मैला व्यवस्थापन केन्द्रमा अध्ययन भ्रमण गराएको हो। अध्ययन भ्रमणको क्रममा फोहर मैला व्यवस्थापन केन्द्रको निर्माणको जिम्मा पाएको भागेश्वर कन्स्ट्रक्सनका कन्ट्याक्ट म्यानेजर इन्जिनियर अशोक पाण्डेले दुई सिफ्टमा फोहर मैला संकलनदेखि केन्द्रमा प्रशोधन प्रक्रियाबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए। उनले केन्द्रमा पालिकाभित्रबाट संकलित फोहरलाई विभिन्न प्रकारको प्रोसेसिङ मार्फत मल उत्पादन गरिनेदेखि कामै नलाग्ने फोहरलाई डम्पिङ गरिनुका साथै रियुज गर्न सकिने फोहरलाई कवाडको रुपमा बिक्रि गरी आय आर्जन गर्न सकिने सम्मको जानकारी दिएका थिए । उनले केन्द्रमा मेडिक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज