Advertisement

मेधावी सेकण्डरी स्कूलका विद्यार्थीद्धारा कैलालीमा फिल्ड भिजिट

महेन्द्रनगरमेधावी सेकण्डरी स्कूल महेन्द्रनगरका विद्यार्थीहरुले कैलालीमा फिल्ड भिजिट अर्थात एकदिने अध्ययन भ्रमण गरेका छन् । महेन्द्रनगकै उत्कृष्ट स्कूल मेधावी सेकण्डरीले शनिबार कक्षा ८ र ९ का विद्यार्थीहरुलाई कैलालीको गोदावरी नगरपालिकास्थित फोहर मैला व्यवस्थापन केन्द्रमा अध्ययन भ्रमण गराएको हो। अध्ययन भ्रमणको क्रममा फोहर मैला व्यवस्थापन केन्द्रको निर्माणको जिम्मा पाएको भागेश्वर कन्स्ट्रक्सनका कन्ट्याक्ट म्यानेजर इन्जिनियर अशोक पाण्डेले दुई सिफ्टमा फोहर मैला संकलनदेखि केन्द्रमा प्रशोधन प्रक्रियाबारे विद्यार्थीहरुलाई जानकारी दिएका थिए।
उनले केन्द्रमा पालिकाभित्रबाट संकलित फोहरलाई विभिन्न प्रकारको प्रोसेसिङ मार्फत मल उत्पादन गरिनेदेखि कामै नलाग्ने फोहरलाई डम्पिङ गरिनुका साथै रियुज गर्न सकिने फोहरलाई कवाडको रुपमा बिक्रि गरी आय आर्जन गर्न सकिने सम्मको जानकारी दिएका थिए । उनले केन्द्रमा मेडिकलजन्य फोहर बाहेक सबै प्रकारको फोहर व्यवस्थापन गरीरहेको विद्यार्थीहरुलाइ जानकारी दिए ।
फोहर व्यवस्थापन केन्द्रमा फोहर के कसरी व्यवस्थापन हुन्छ भन्नेबारे प्रत्यक्षरुपमा अध्ययन गरेको अवलोकनमा सहभागि कक्षा ९ मा अध्ययनरत विद्यार्थी नेहा अवस्थीले बताईन । त्यसैगरी अवलोकनमा सहभागि कक्षा ९ मै अध्ययनरत विद्यार्थी अंकित महराले फोहर व्यवस्थापनबाट बातावरण संरक्षण कसरी गर्न सकिन्छ ?भन्नेबारे जानकारी लिएको बताए । केन्द्रमा आएर प्रत्यक्षरुपमा के कसरी फोहरलाई विभाजन गरीने रहेछ भन्नेबारे जानकारी लिनुका साथै मल उत्पादन गरी बजारमा विक्रिवितरण के कसरी भईरहेको जानकारी पाएको उनले बताए । घरैबाट फोहर उत्पादकले कुहिने र नकुहने गरी छुट्याएर दिएको खण्डमा फोहर व्यवस्थापनमा एकदमै सहज हुने लगायत कुरा प्रत्यक्षरुपमा अवलोकन गर्न पाएको उनले बताए ।
फोहर व्यवस्थापन केन्द्रको अवलोकपछि मेधावी सेकण्डरी स्कूलका विद्यार्थीहरुले उक्त केन्द्रमा फोहर व्यवस्थापनको बारेमा प्रत्यक्षरुपमा अध्ययन गर्न पाएको विद्यार्थीहरुलाई अवलोकन भ्रमणको क्रममा कक्षा शिक्षककोरुपमा रहेका शिक्षक शिवम बस्नेतले बताए । उनले विद्यार्थीको सिकाई तथा अध्ययन घोकन्ते भन्दा पनि प्राक्टीकलीरुपमा हुनुपर्ने जोड दिए ।
फोहर विभिन्न प्रकारको हुने भएकाले यसलाई घरबाटै व्यवस्थापन गर्न सकेको खण्डमा फोहरबाट मोहर बनाउनमा सहयोग पुग्ने अपेक्षासहित विद्यार्थीहरुलाई अध्ययन भ्रमण गराईएको मेधावी सेकण्डरी स्कूलका एमडि महाशर्मा न्यौपानेले बताए । महेन्द्रनगरको बसोबास बाक्लिदै गएको अवस्थामा विद्याथीहरुले फोहरमैला व्यवस्थापन केन्द्रको अवलोकनबाट भोलीको दिनमा कुहिने र नकुहिने फोहरलाई अलग सक्ने ज्ञान पाउदा समाजको स्वस्छ बातावरण निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा रहेको उनले बताए । उनले विद्यार्थीहरुलाई अवलोकन अवसर दिएकोमा कन्ट्याक्टर दिनेश मल्लसहित सम्पूर्ण टिमलाई धन्यवाद दिए ।
उक्त फोहरमैला व्यवस्थापन केन्द्र २०२२ जुलाई १८ मा निर्माण सम्झौता भई २०२५ अगष्ट १ बाट संञ्चालनमा आएको हो । फोहर मैला व्यवस्थापन केन्द्रले सयौको संख्यामा रोजगारी सृजर्ना लगायत स्थानीय तहको आन्तरीक आयमा उल्लेख्य टेवा पु¥याउनका साथै बातावरणलाई स्वस्छ राख्न सहयोग पुगेको छ ।

 

मेधावी सेकण्डरी स्कूलले विद्यार्थीहरुलाई कितावि ज्ञानभन्दा पनि प्रयोगात्मक सिकाईमा बढि महत्व दिने गरेको छ । जसका कारण सधैजसो विद्यार्थीहरुलाई फिल्डभिजिट गराउदै आएको छ । अध्ययन भ्रमणमा शिक्षक धन बहादुर बुढा, शिक्षिकाहरु नानुमाया शाहि, विन्दु एडि र हेमा रावत सहयोगीको रुपमा रहेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज