कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु
महेन्द्रनगर–कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ मा म१त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडिको भागमा ठोक्किएर सडक दुर्घट्ना भएको थियो ।
दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो । तर, भारत लग्दै गर्दा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा परीक्षण गर्दा चिकित्सकले उनको मृत्यू भएको घाषणा गरेको गरेका थिए । सोही ठाउँ बस्ने स्कुटी चालक ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...




















