Advertisement

Author: नयाँ खबर

बेदकोट वडा नंम्बर ९ का वडा अध्यक्ष विष्टको निधन

बेदकोट वडा नंम्बर ९ का वडा अध्यक्ष विष्टको निधन

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नंम्बर ९ का वडा अध्यक्ष जनक विष्टको निधन भएको छ । बेदकोट नगरपालिकाको वडा नं. ३ मा पर्ने बेदकोट ताल क्षेत्रमा दिउसो अचेत अवस्थामा भेटिएका वडा अध्यक्ष विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यू भएको हो । उपचारका लागि महाकाली प्रादेशिक अस्पलालमा भर्ना गरिएका उनलाई साँझ चिकित्सले मृत घोषणा गरेका थिए । वडाध्यक्ष विष्टको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले वडाध्यक्षको निधनको कारणबारे अनुसन्धान भइरहेको जानकारी नयाँखवर डटकमलाई दिनुभयो । निधनको एक दिनअघि मात्रै वडाध्यक्ष विष्टले समाजिक सञ्जालमा हाँसोभित्रको पीडा भन्दै फेसबुक स्टाटस राखेका थिए। बिहान वडामा सामाजिक सुरक्षा–भत्ता वितरण गरेपछि उनी कामका लागि भन्दै मोटरसाइकलमा निस्किएका थिए । उनले वडासदस्य पार्वती ...
स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता, उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

स्वस्तिक हस्पिटल र अमिटी कलेजबीच सम्झौता, उपचारमा छुटदेखि प्रयोगात्मक अभ्याससम्म

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र महेन्द्रनगरको अमिटी कलेजबीच सहकार्य गर्ने सम्झौता भएको छ । स्वस्तिकका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारी र कलेजका प्रधानाध्यापक रवीन्द्र अवस्थीबीच भएको सम्झौतामा कलेजका कर्मचारी र विद्यार्थीलाई उपचारमा छुट सुविधादेखि कलेजमा सञ्चालनमा रहेको मेडिकल कोर्सका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको अवसर प्रदान गर्ने उल्लेख छ । ‘विद्यार्थीद्वारा अस्पतालमा स्थलगत अवलोकन, इन्टर्नशिप तथा अन्य किसिमका सिकाइहरूका लागि समन्वय गरिनेछ,’ सम्झौतामा उल्लेख छ, ‘अस्पताल प्रशासनबाट कलेजका विद्यार्थीहरूसँग सिकाइ कक्षा, अन्तक्र्रिया तथा गेस्ट लेक्चर लगायतका कार्यक्रममा गरिनेछन् ।’ अस्पतालले कलेजमा आवद्ध हरेक विद्यार्थी, कर्मचारी र विद्यार्थीका परिवारका सदस्यहरूलाई तोकिएबमोजिम छुट सुविधा दिने अध्यक्ष तिवारीले जानकारी दिए ।...
सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना

सुदूरपश्चिममा राज्यपक्षबाट मानव अधिकार उलङघनका घट्ना शुन्य, तर गैरराज्यपक्षबाट दुई सय चार घट्ना

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम प्रदेशमा पछिल्लो तिन महिनामा राज्यपक्षबाट मानव अधिकार उलङघनका घटनाहरु शुन्यमा झरेका छन् । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्कले राज्यपक्षबाट मानव अधिकार उलंघनका घट्ना नघटेको देखाएको हो । बुधबार महेन्द्रनगरमा ईन्सेक प्रदेश कार्यालयले पत्रकारहरुसंगको नियमित बैठकमा सन २०२५को सुरुवाति तिन महिनाको तथ्यांक सार्वजनिक गरेको हो । ईन्सेक प्रदेश कार्यालयले जनवरी देखि मार्चसम्ममा राज्य पक्षबाट कुनैपनि मानव अधिकार उलङघनका घट्ना नभएको देखाएता पनि गैरराज्य पक्षबाट भने मानव अधिकार उलङ्घनका दुई सय ४ घट्ना घटेको देखाएको छ । गैरराज्य पक्षबाट भएका दुई सय ४ घट्नामध्ये सबैभन्दा बढि १९५ महिला पिडित रहेको ईन्सेकका प्रदेश अधिकृत कृष्ण विकले बताउनुभयो । त्यसैगरी ईन्सेकको तिन महिनाको तथ्यांकअनुसार १ सय ६५ महिला अधिकार हनन्का, २६ घट्ना बालअधिकार उलङ्घन,...
जलेको अवस्थामा मोटरसाईकल सहित दुग्ध व्यवसायीको शव फेला

जलेको अवस्थामा मोटरसाईकल सहित दुग्ध व्यवसायीको शव फेला

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
काठमाण्डौ–कञ्चनपुरको बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट सडक छेउमा जलेको अवस्थामा एक जना दुग्ध व्यवसायीको शव फेला परेको छ। मंगलबार बिहान करिब ६ः४५ बजे तिर तोरीको भुसमा लागेको आगोमा जलेको अवस्थामा मोटरसाइकलसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।   उहाँका अनुसार शव बेलडाँडी गाउँपालिका वडा नं. ३ का ५० बर्षिय दुग्ध व्यवसायी हरीकिसन रानाको भएको पुष्टि भएको छ । राना आज मंगलबार विहान ४ बजे कोलकाता जाने भन्दै मोटरसाईकलमा घरबाट हिँडे परीवारीक स्रोतबाट जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयकाका प्रमुख एसपि जोशीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।...
कक्षा १२ को परीक्षा निर्धारित समयतालिकामा गर्ने परीक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा निर्धारित समयतालिकामा गर्ने परीक्षा बोर्डको निर्णय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
काठमाण्डौ–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको बताउनुभयो । उनले भने– ‘परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख विद्यार्थीको भविष्य यससँग जोडिएको छ । त्यसैले हामी शिक्षकलाई जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दछौँ ।’ शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई ए...
लालझाडी गाउपालिकाले बेलौरी नगरपालिकासंग मिलेर दमकल खरिद गर्दै

लालझाडी गाउपालिकाले बेलौरी नगरपालिकासंग मिलेर दमकल खरिद गर्दै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको लालझाँडी गाउँपालिकाले बेलौरी नगरपालिका संग मिलेर दमकल खरिद गर्ने भएको छ । बिहिबार बेलौरी नगरपालिकामा लालझाँडी गाउपालिका र बेलौरी नगरपालिकाविच संयुक्त लगानीमा दमकल खरिद गर्ने सम्झौता भएको हो । सम्झौता पत्रका लालझाँडी गाउँपालिका अध्यक्ष निर्मल राना र बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दमकल खरिदमा लाग्ने कुल रकमको ३५ प्रतिशत लालझाँडी गाउपालिकाले व्यहोर्ने र बाकि ६५ प्रतिशत खर्च बेलौरी नगरपालिकाले व्यहोर्ने उल्लेख गरीएको छ । दमकल खरिद भएपछि लालझाँडी गाउँपालिकाभित्र आगलागि बाट हुने धनजनको क्षती न्युनिकरण गर्न सहयोग पुग्ने लालझाँडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो । ‘आगलागीका ठूला ठूला घट्नाबाट धनजनको क्षति न्यूनीकरणमा मद्दत गर्नमा सहयोग होस् भनी बेलौरी नगरपालिकासंगको संयुक्त लगानीमा दमकल खरिद गर्न लाग...
स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउनुपर्ने स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग

स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउनुपर्ने स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्वास्थ्य
काठमाण्डौ – स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा ऐन छुट्टै जारी गनुपर्ने माग राखी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरी खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएका छन । संघियतालाई सफल रुपमा कार्यान्वयन गर्न लागि नेपाल सरकारले स्वास्थ्य सेवा ऐन तत्काल जारी गनुपर्ने तर हालसम्म पनि औपचारिक रुपमा स्वास्थ्य सेवा ऐन निर्माण प्रक्रिया समेत नगरेकोले तत्काल सरोकारवालाहरुको सहभागितामा छुुट्टै स्वास्थ्य सेवा ऐन ल्याउनु पर्ने खतिवडालाई ध्यानाकर्षण गराएका छन । ध्यानाकर्षणमा संयुक्त निजामती कर्मचारी ट्रेड युनियनहरुले स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गनुपर्ने माग प्रति गम्भिर ध्यानाकर्षण भएको र निजामती ट्रेड युनियनहरुको हैकमवादि र निरकुंश प्रवृति भएको र आफ्नो क्षेत्राधिकारको सामान्य मर्यादालाई समेत उलंघन गरेको र स्वास्थ्यकर्मी टे«ड युनियनहरुको सौदावा...
सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

सुप विश्वविद्यालयले एक हप्ताभित्र भुक्तानी नदिए तालाबन्दी गर्ने निर्माण व्यवसायी संघ कञ्चनपुरको चेतावनी

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालयले निर्माण व्यवसायीको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी संघ कञ्चनपुरले आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले आइतबार निर्माण व्यवसायी संघमा पत्रकार सम्मेलन गरी एक हप्ताभित्र भुक्तानी नदिए विश्वविद्यायको केन्द्रीय कार्यालय सहित केन्द्रिय कलेलको ईन्जिनियरीङ्ग विभाग र व्यवस्थापन विभागको माथिल्लो तलामा तालाबन्दी गर्ने चेतावनी दिएको हो । सुप विश्वविद्यालयका प्राध्यापक डा. हेमराज पन्तले नयाँ रजिष्ट्रार नियुक्त भएपछि छिटो भुक्तानी दिने आश्वासन दिएकाले एक साताभित्र भुक्तानी नदिएमा तालाबन्दी गरिने संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले बताउनुभयो । ‘प्रक्रिया अनुसार निर्माण कामकाज भएको छ, असोजमा काम सम्पन्न गरी बिल पेश गरिएको छ, अहिलेसम्म भुक्तानी दिइएको छैन’ पत्रकार सम्मेलनममा उनले भन्नुभयो ‘भिसी सापले नयाँ रजिष्ट्रार नियुक्त भएपछि भुक्तानी दिने आश्वासन दिनु ...
नेपाल निजामति कर्मचारी संगठनले ५६औँ स्थापना दिवस अवसरमा अनाथालयमा सामग्री वितरण

नेपाल निजामति कर्मचारी संगठनले ५६औँ स्थापना दिवस अवसरमा अनाथालयमा सामग्री वितरण

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपाल निजामति कर्मचारी संगठनले ५६औ स्थापना दिवस भव्यताका साथ मनाएको छ । आईतबार नेपाल निजामति कर्मचारी संगठन कञ्चनपुरले समाज कल्याण अञ्चल बाल अनाथालयमा भौतिक सामग्री प्रदान गरी ५६औ स्थापना दिवस मनाएको हो । नेपाल निजामति कर्मचारी संगठनको ५६ स्थापना दिवसको उपलक्षमा २ ओटा स्ट्याण्ड पंखा र ५ थान कुर्सि हस्तान्तरण गरीएको छ । सामाग्री हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय सदस्य प्रताप चन्द, सुदूरपश्चिम प्रदेश अध्यक्ष महादेब जोशी, जिल्ला अध्यक्ष मान बहादुर चन्द, पेशागत महासंघ नेपाल कञ्चनपुरका उपाध्यक्ष तिलकराज जोशी, निजामति कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष दिनेशराज भट्ट, सचिव लाल बहादुर विष्ट लगायत सहभागी भएका थिए ।...
विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई तालिम

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिईएको छ । शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघसंगको सहकार्यमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न तालिम दिईएको हो । शुक्रबार र शनिबार गरी दुई दिन महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई तालिम दिएको महासघले जनाएको छ । कार्यक्रममा शिक्षा विकास निर्देशनालय दिपायल डोटीका महानिर्देशक दुर्गादत्त विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गरिएको कार्यक्रमबाट सिकेका विषयबस्तु व्यवहारिक जिवनमा प्रयोग गर्न आग्रह गरेका छन । ‘सार्वजनिक शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समितिको पनि महत्वपूर्ण भूमिका हुन्छ, ‘महानिर्देशक विष्टले भने, ‘सामुदायिक विद्यालयको बृद्धि विकासका लागि सरकारको मात्रै नभई समुदायका अध्यक्ष ज्यूहर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज