Advertisement

ईसिजी गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू

महेन्द्रनगर– महाकाली प्रादेशिक अस्पतालमा ईसिजि गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू भएको छ । बुधबार साढे ११ बजे कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर २ का अन्दाजी ६५ बर्षिय जग्गु भण्डारीलाई ईसिजी गर्न अस्पताल लगेकोमा ईसिजी नगरी त्यहाका स्वास्थ्यकर्मीले खोप लगाएपछि मृत्यू भएको हो ।
बुधबार डाक्टरको सिफारिसमा ईसिजि गर्न ईसिजि कक्षमा पुगेका मृतक जग्गुलाई स्वास्थ्यकर्मीले ईसिजि गर्नुभन्दा पहिला रेविजको खोप लगाएको मृतककी बुहारी बिनिता भण्डारीले जानकारी दिइन । ‘ईसिजि गर्न ससुरा बालाई ईसिजि गर्ने ठाँउमा लिएकी थिए, त्यहा भीडभाड थियो, उहाँको पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाउनको लागि कपडा माथि गर्न भन्नु भयो र मैले माथि गरिदिएपछि दुई खोप लगाउनु भयो’, मृतककी बुहारी बिनिताले भन्नु भयो ‘खोप लगाएको १०÷१५ मिनेटमा ससुरा बुवाले परानी छोड्नुभयो ।’
मृतक जग्गु भण्डारीले अघिल्लो दिन छाति दुखेर ओपिडिमा स्वास्थ्य परिक्षण गराएका थिए । चिकित्सकले उनलाई बिहिबार ईसिजी गर्न सल्लाह दिएको बुहारी विनिताले बताईन् । अस्पतालमा रेविज विरुद्धको खोप लगाउनेको चाप बढेको छ ।

 

मृतक भण्डारीका आफन्तले ईसिजीका लागि सिफारिस विपरित रेबीजको सुई लगाएर जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले गम्भिर त्रृटी गरेको भन्दै कार्बाहीको माग गरेका छन् । मृतक जग्गुकी अर्की बुहारी शान्ती भण्डारीले स्वास्थ्यकर्मिको लापर्वाहीको कारण विरामीको मृत्यू भएको भन्दै घट्नाको छानविन गरी उचित क्षतिपुर्ति दिनुपर्ने र दोषिलाई कारवाहि गर्नुपर्ने माग गरेकी छन् ।
‘मेरा ससुराको छातीको चेकजाँच गर्नुपर्ने, तर स्वास्थ्यकर्मीको लापर्वाहिका कारण उहाँको मृत्यू भएको छ,’ मृतककी बुहारी शान्तीले भनिन् ‘यस घट्नाको सत्यतथ्य छानविन गर्नुपर्छ, पिडितलाई क्षतिपूर्ति र लापर्वाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्छ ।’
महाकाली अस्पतालका जनस्वास्थ्य निरीक्षक गौरीदत्त जोशीले आफुले भण्डारीको ईसिजी चेकजाँच मात्रै गरेको दावि गरेका छन ।‘मैले विरामीको ईसिजिमात्रै गरेको छु,’ जनस्वास्थ्य निरिक्षक जोशीले भन्नुभयो ‘जहाँसम्म पनि हो उहाँलाई मैले खोप लगाएको कुरा मेरो ख्यालमा छैन ।’

महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टले छातीका बिरामी भण्डारीको मृत्यु रेबिज भ्याक्सिनकै कारणले नभएको बताए । ‘उहाँको मृत्यु रेबीज भ्याक्सिनकै कारण होईन, ‘पहिल्यै हार्ट्याक प्रमाणित भईसकेको छ, मृत्यू हुनुमा अन्य विबिध कारण हुन सक्छन, त्यसबारे हामी अध्ययन गर्दैछौँ ।’
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले उक्त घटनाको सत्यतथ्य छानविन गर्ने बताउनु भयो । ‘यो घट्ना गम्भिर खालको छ,’ अध्यक्ष भट्टले भने ‘यसबारे सत्यतथ्य छानविन गरी निर्णय लिन्छौ ।’
उक्त विषयमा मृतकका आफन्त र अस्पतालविच मृत्युको कारण बारे छलफल भएपनि निष्कर्षमा पुगेको छैन् । मृतक भण्डारीका आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नहुँदासम्म शव नबुझ्ने जनाएका छन । शव अहिलेसम्म अस्पतालमै रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करि...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय ग...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिक...
सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अव...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिे...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज