ईसिजी गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू
महेन्द्रनगर– महाकाली प्रादेशिक अस्पतालमा ईसिजि गर्नुपर्ने विरामीलाई खोप लगाई दिएपछि विरामीको मृत्यू भएको छ । बुधबार साढे ११ बजे कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर २ का अन्दाजी ६५ बर्षिय जग्गु भण्डारीलाई ईसिजी गर्न अस्पताल लगेकोमा ईसिजी नगरी त्यहाका स्वास्थ्यकर्मीले खोप लगाएपछि मृत्यू भएको हो ।
बुधबार डाक्टरको सिफारिसमा ईसिजि गर्न ईसिजि कक्षमा पुगेका मृतक जग्गुलाई स्वास्थ्यकर्मीले ईसिजि गर्नुभन्दा पहिला रेविजको खोप लगाएको मृतककी बुहारी बिनिता भण्डारीले जानकारी दिइन । ‘ईसिजि गर्न ससुरा बालाई ईसिजि गर्ने ठाँउमा लिएकी थिए, त्यहा भीडभाड थियो, उहाँको पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाउनको लागि कपडा माथि गर्न भन्नु भयो र मैले माथि गरिदिएपछि दुई खोप लगाउनु भयो’, मृतककी बुहारी बिनिताले भन्नु भयो ‘खोप लगाएको १०÷१५ मिनेटमा ससुरा बुवाले परानी छोड्नुभयो ।’
मृतक जग्गु भण्डारीले अघिल्लो दिन ...











