नयाँ खबर
महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबेशनबाट दोधाराचाँदनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बहादुर खत्री राप्रपाको जिल्ला अध्यक्षमा चयन भएका हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
अधिबेशनबाट सदस्यहरुमा कैलाश भट्ट, हरिचन्द्र भट्ट, भगीरथ भट्ट, माया रावल, हेलेन श्रेष्ठ, ठगसिह धामी, नन्दा खत्री, धनसिह धामी, केशव राज जोशी, दिल बहादुर नाथ, गोबिन्द सिह ऐर, उपदेश सिह, सुरेन्द्र कुँवर, गंगा कठायत, बिर सिह साउद, कल्लु राना, सुरेन्द्रराज घिक्त, प्रकास दत्त भट्ट, नर बहादुर सिह, सुकमान सुनार, सुर्य बहादुर शाही, प्रेमसिह साउद र छज्जु राना चयन भएका छन ।
अध्यक्ष केशव बहादुर खत्रीले राप्रपा बुढापाखाको पार्टी भन्ने भ्रम चिरिएको बताए । ‘यो एउटा भ्रम चिरिएको छ, राप्रपामा बुढापाखा मात्रै हुन्छन, भन्ने मेरो नेतृत्वले चिरेको छ, ‘उनले भने, ‘राप्रपामा अब युवा पुस्ताको काँधमा आएको छ ।’
राप्रपाको जिल्ला अध्यक्षको जिम्मेवारी पाएका खत्रीलाई निवर्तमान अध्यक्ष गजेन्द्र बहादुर चन्दले माईन्युट हस्तान्तरण गरेका छन । भने, निवर्तमान जिल्ला अध्यक्ष चन्द सहित केन्द्रीय नेताहरु तिर्थराज चटौत, पूर्ण बहादुर चन्द, अशोक सिहं,कञ्चनपुर जिल्ला निर्वाचन संयोजक सुर्य बहादुर चन्द सहितका नेता कार्यकर्ताहरुले बधाई ज्ञापन गरेका छन ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।