Advertisement

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थापित भएको र २५ परिवार उच्च जोखिममा परेको भन्दै नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

एमाले संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी–पहिरोका कारण मडगाउँमा ७ घरधुरी विस्थापित र २५ घरधुरी उच्च जोखिममा परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

रावलले बाढी–पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा उपचारको व्यवस्था गर्न, प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न र राहत सामग्री उपलब्ध गराउन संघीय, प्रदेश तथा स्थानीय सरकार एवं सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेका छन्।

विशेषगरी जोखिममा रहेका घरधुरीको तत्काल पहिचान गरी सम्भावित थप क्षति रोक्न आवश्यक पूर्वतयारी गर्नुपर्नेमा उनले जोड दिएका छन्। अवरुद्ध ग्रामीण सडक तथा विद्युत÷सञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन तथा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, औषधि र पुनःस्थापनाको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

विपद्को समयमा सबै राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट उद्धार तथा राहत कार्यमा सहयोग गर्नसमेत रावलले अपिल गरेका छन्। प्रेस विज्ञप्तिमा विपद्को समयमा राज्यका सबै संयन्त्र परिचालन गरी प्रभावित नागरिकको जीवनरक्षा र तत्काल राहतलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

महेन्द्रनगर, कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्र...

महेन्द्रनगर- महाकाली साहित्य संगम, केन्द्रीय समिति कञ्चनपुरले यस वर्ष आयोजना गर्ने भनिएको ‘गौरा सभ्यता महोत्सव–२०८३’ स्थगित गरेको ...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज