वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन
महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबेशनबाट दोधाराचाँदनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बहादुर खत्री राप्रपाको जिल्ला अध्यक्षमा चयन भएका हुन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
अधिबेशनबाट सदस्यहरुमा कैलाश भट्ट, हरिचन्द्र भट्ट, भगीरथ भट्ट, माया रावल, हेलेन श्रेष्ठ, ठगसिह धामी, नन्दा खत्री, धनसिह धामी, केशव राज जोशी, दिल बहादुर नाथ, गोबिन्द सिह ऐर, उपदेश सिह, सुरेन्द्र कुँवर, गंगा कठायत, बिर सिह साउद, कल्लु राना, सुरेन्द्रराज घिक्त, प्रकास दत्त भट्ट, नर बहादुर सिह, सुकमान सुनार, सुर्य बहादुर शाही, प्रेमसिह साउद र छज्जु राना चयन भएका छन ।
अध्यक्ष केशव बहादुर खत्रीले राप्रपा बुढापाखाको पार्टी भन्ने भ्रम चिरिएको बताए । ‘यो एउटा भ्रम चिरिएको छ, राप्रपामा ...











