Advertisement

शिक्षा नियमावली विपरित संस्थागत विद्यालयलाई स्थानान्तरण अनुमति

महेन्द्रनगर – गत चैत्र १९ गते विहिबार बसेको भीमदत्त नगरपालिको कार्यपालिका बैठकले नगरपालिकाको शिक्षा नियमावली २०७९ विपरित निर्णय गरेको छ । कार्यपालिकाको उक्त बैठकले भीमदत्तको शिक्षा नियमावली २०७९ को नियम १६ को उप नियम ४ विपरित एक संस्थागत विद्यालयललाई स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

bhimadatt

कार्यपालिकाले भीमदत्त नगरपालिका वडा नं. १८ मा कार्यालय रहेको माईलस्टोन पब्लिक एकेडेमी(प्रस्तावित नाम आध्या स्कूल)लाई भीमदत्त नगरपालिका वडा नं. ३ जगदनाथ टोलस्थीत फारवेस्ट स्कूल अफ मेडिसिनको भाडाको घरमा स्थानान्तरणका लागि अनुमति प्रदान गरेको छ । नगरपालिकाको शिक्षा नियमावली २०७९ को नियम १६ को उप नियम ४ मा ‘सामान्यतया संस्थागत विद्यालय स्थानान्तरण गरीने छैन । तर विद्यालयको आफ्नै नाममा घरजग्गा भएको अवस्थामा भने एक पटकका लागि सम्बन्धीत स्थानीय निकाय तथा वडाको सिफारिसमा अन्य स्थानीय तहबाट यस नगरपालिकामा र यस नगरपालिकाको एक वडाबाट अर्को वडामा नगर शिक्षा समितिले निर्धारण गरेको मापदण्ड बमोजिम नगर शिक्षा समितिले स्थानान्तरण गर्न सकिनेछ’ भनि उल्लेख गरीएको छ ।

bhimdatt

नगर शिक्षा नियमावलीका अनुसार विशेष अवस्थामा मात्रै संस्थागत विद्यालयको स्थानान्तरण एक पटकका लागि गर्न सकिने र त्यो विशेष अवस्था भनेको विद्यालयको आफ्नै नाममा घरजग्गा खरिद गरेको हुनुपर्ने हो । तर आध्या स्कूलको नाममा जग्गा र घर रहेको प्रमाण नगरपालिकासंग छैन् ।
उक्त विद्यालयको डकुमेन्टको आधारमा स्थानान्तरण गर्ने प्रक्रिया नगर शिक्षा शाखाबाटै स्थगित हुनुपर्ने हो । भीमदत्त नगरपालिका वडा नं. १८ ले सिफारिस निवेदनमै के उल्लेख गरीएको छ भने माईलस्टोन एकेडेमी भीमदत्त नगरपालिका वडा नं. ३ स्थित नेत्रराज चटौतको घरमा सरेकाले सोहि बमोजिम ठाँउसारीका लागि निवेदन पेश गरेकाले ठाँउसारीका लागि सिफारिस गरीएको उल्लेख गरीएको छ । उक्त सिफारिसका अनुसार विद्यालयको आफ्नो नाममा घरजग्गा नभएको स्पष्ट जनाउछ । यति हुदाहुदै पनि नगरशिक्षा समितिले उक्त प्रस्ताव नगर कार्यपालिकामा पेश गरी पास गराएको देखिन्छ ।

 

भाँसीस्थित फारवेष्ट स्कुल अफ मेडिसिनको भवन भाडामा लिएर विद्यालय सञ्चालन गर्न खोजिएको छ । विद्यालय र क्याम्पसबीच भाडा सम्बन्धि सम्झौता गरिएको छ । यो क्याम्पस भवन इन्टरनेशनल पब्लिक स्कुलसित जोडिएको छ । इन्टरनेशनल पब्लिक स्कुलसित जोडेर आध्या विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।
आध्या स्कूल स्थानान्तरण विषय शिक्षा नियमावली विपरीत शिक्षा समितिमा छलफल नै नगरी कार्यपालिकाबाट पास गराईएको विषयबारे संस्थाागत विद्यालयहरुका छातासंगठन प्याब्सन कञ्चनपुर जिल्ला कार्यसमिति लगायत संगठनहरुले संयुक्तरुपमा नगरपालिकालाई निवेदन दिएका छन् । उनीहरुले उक्त विषयमा चासो राख्दै यदी उक्त विषय मिडियामा आए जस्तै साचो भए घोर विरोज समेत जनाएका छन् । तर पनि यस विषयमा नगरपालिका भने मौन छ ।

भीमदत्त नगरपालिका वडा नं. १८ जानकीटोलमा संञ्चालन गर्ने गरी २०६६ मा स्थापना गरीएको ध्रुव विद्या निकेतन २०७३ मा नाम परिवर्तन गरी माईलस्टोन पब्लिक एकेडेमी राखिएको छ । भने उक्त एकेडेमी लामोसयम देखि बन्द रहेको छ । अहिले यसको नाम र ठेगाना परिवर्तन गरी संञ्चालन गर्न लागिएको छ । यस प्रालिको नियमावलीमा ७ सदस्यीय संञ्चालन समिति रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज