होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन भएको छ । शुक्रबार होली फेमली स्पोर्टसका अध्यक्ष भूपाल सिंह विष्टको अध्यक्षता एवं क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यतामा एक औपचारीक समारोहकाविच क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रमको समापन गरीएको हो ।
क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षणबाट सरकारी र संस्थागत विद्यालयका साढे तिन सय जना विद्यार्थी लाभान्वीत भएका छन् । समापन कार्यक्रममा तालिम तथा प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । प्रमुख अतिथि क्यान अध्यक्ष चतुर बहादुर चन्दलगायत अभिभावकहरुले खेलाडीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।
नेपाल क्रिकेट संघ९क्यान०का अध्यक्ष चतुर बहादुर चन्दले...














