महेन्द्रनगर–आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर महेन्द्रनगरमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । बिहिबार राष्ट्र बैक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामाा कञ्चनपुर जिल्लामा रहेका बैंक कर्मचारी, सुरक्षाकर्मी, बाणिज्य संकाय अध्ययन गर्ने विद्यार्थीहरु, व्यपारी र अन्य सरोकारवालाहरुसंग जाली नोट पहिचान कसरी गर्ने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरीएको हो ।

अनौपचारीकरुपमा संञ्चालन गरीएको सचेतना कार्यक्रममा नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका उप–निर्देशक झपेन्द्र बहादुर शाही, क्यसीयर एवं सहायक निर्देशक हरीलाल भट्ट,ले जाली नोट कस्तो हुन्छ ? कसरी चिन्ने ? भन्नेबारे प्रस्तुतिकरण गरेका छन् ।

कार्यक्रममा राष्ट्र बैंक धनगढीका सहायक निर्देशक हरीलाल भट्टले जाली नोट पहिचान गर्ने विधिको विषय सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए । त्यसैगरी उनले नेपाली नोटको जतन गर्नुपर्ने, नोटमा जथाभावी कोर्न÷लेख्ने गर्दा नोटसँगै राष्ट्रियताको पनि अपमान हुने र त्यस्तो कसैले गरेमा राम्रो सन्देश नजाने बताए ।
निर्वाचनका बेलामा जाली नोटको कारोबार हुनसक्ने आशङ्काका अधारमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । राष्ट्र बैंकको धनगढीस्थीत प्रदेश कार्यालयले प्रदेश भरीमा दुईओटा सचेतनामुलक कार्यक्रम गरेको हो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।