जनताका दुःख पीडा बुझेका हर्क बहादुर ऐर साँसदको प्रतिस्पर्धामा
महेन्द्रनगर - देशै भरी प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लमा पनि चुनावि सरगर्मी बढेको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. ३मा प्रतिनिधि सभा सदस्यका १४ राजनितिक पार्टी र तिन स्वतन्त्र उमेदवार गरी १७ जना चुनावि प्रतिस्पर्धामा छन् । सबै उमेदवारका आ–आफ्नै गुण र विशेषता छन् । १७ जना उमेदवार मध्ये स्वतन्त्र उमेदवार हर्क बहादुर ऐरको पृष्ठमुभी फरकै छ ।
विस २०३० असार १० गते बैतडी जिल्लाको तत्कालीन डिलाशैनी गाविस ८ मा आमा हरुली देवि र पिता दल बहादुरका कोखमा जम्मेका हर्क बहादुर ऐर उमेरले ५२ बर्षका छन् । ६ दाजुभाईमध्ये उनी चौथा नम्बरका हुन । ५२ बर्षको उमेर पार गर्दै गर्दा उनीसंग ३० बर्ष सरकारी सेवामा रही देशका विभिन्न ठाँउमा नागरीक हरुसंगको सहकार्य, समन्वय र उनीहरुका समस्या नजिकबाट अनुभव छन् । हाल जिल्लाको भीमदत्त नगरपालिका वडा नं। १० तिलकेन...













