Advertisement

खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

महेन्द्रनगर – कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला सुरु हुन लागेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजना तथा भावना एम्युजमेन्ट प्रालि कैलालीको व्यवस्थापनमा शुक्रबारदेखि मेला सुरु भईरहेको हो । शुक्रबार मेलाको समुद्धघाटन भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकजोशीले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भीमदत्त नगरपालिका संरक्षक रहेको मेला शुक्रबार देखि साउन २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेला विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित उनीहरुलाई सम्मान गरीने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले बताए । उनले मेलाको विद्यार्थीहरुलाई ५० र सर्वसाधारणतर्फ १०० रुपाया टिकट राखिएको बताए । अपांगता भएका व्यक्तिहरुले लगाएको मेला भएको कारण अपांगताभएकाहरुका लागि बस्नका लागि उचित व्यवस्थापन गरीएको पनि उनले बताए । टिकटबाट उठेको रुपयाको दुई प्रतिशत रकम पत्रकार महासंघको अक्षयकोषको लागि प्रदानगर्ने, मेलाबाट उठेको दुई प्रतिशत रुपया ह्वीलचियर बास्केट बल खेल्नेकालागि ह्वीलचियर खरीद गर्नकालागि प्रदान गरीने संयोजक खड्काले बताए ।

मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथै लोकनृत्य, आधुनिक संगीत, पारम्परिक थारु नृत्यहरुको प्रस्तुति रहनेछ । कलाकारहरु एलिना चौहान, ज्योती मगर, प्रिती आले,टंक तिमिल्सेना, जिबब, चक्र बम, वद्री प्रगेनी, रामजी खाण, खुमन अधिकारी, टिका पुना, रमेशराज भट्टराई, लालबहादुर धामी अछामी बड्डोलगायतका कालकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । स्थनीय खानाका स्टलसंगै थारु खानाका परिकार ढिक्री, चिचर, घोंघी, पकुवा र अन्य परिकारहरूको स्वाद लिन पाईने संयोजक खड्काले बताए ।

उज्यालो बत्तिले सजिएको, रमाइलो स्टलहरू र परम्परागत प्रस्तुतिले भरिएको महेन्द्रनगरको रात्रिकालीन महोत्सवमा एक फरक अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलान : कुन शिक्षक कहाँ सरुवा भए

महेन्द्रनगर - भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानको निर्णय सार्वजनिक गरिएको छ । बिहीबार कार्यपालिका बैठकबाट निर्णय गरी विभिन्...
पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

पाँच दिने निशुल्क बृह्त योग शिविर सम्पन्न

महेन्द्रनगर – पाच दिनदेखि संञ्चालन गरीएको पाच दिने निशुल्क बृहत योग सिविर समापन गरीएको छ । योग गरौं, स्वस्थ रहौं – समृद्ध समाज निर...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेलधुरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्...
भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

भैंसेपाटी हनिट्रयाप काण्डमा मुछिएकी प्रहरी निरीक्षक शाहीले पाईन सफाई

काठमाण्डौँ – भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर(प्रहरी निरीक्षक) बिनु कुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएक...
सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

सुप विश्वविद्यालयका पदाधिकारी चाकडीमा हदपार गर्दै, शिक्षा मन्त्री पोख्रेललाई बुद्ध, बाँकिलाई घण्टी

महेन्द्रनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोख्रेलले मंगलबार सुदूरपश्चिम विश्वविद्यालको अवलोकन भ्रमण गरेका छन् । बुध...
दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर - कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुर...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज