महेन्द्रनगर खुलामञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजनामा मनोरञ्जन तथा साँस्कृतिक मिनी मेला सुरु भएको हो ।
मेलाको समुद्धघाटन भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशिल भट्टले रिवन काटेर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि रहेका उनले मेलाको उद्धघाटन सत्रमा बाल्दै मेलाले व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने बताए । ‘यसमा हामी सबैले सक्दो सहयोग गर्नेछौ,’ वडा अध्यक्ष भट्टले भने, ‘मेलाले भीमदत्त नगरपालिकामा व्यवसायीक क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरेका छौ, त्यस कारण पनि सबैले मेलाको अवलोकन गर्नुहोला ।’
सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चि...













