बैतडीका कार्की घुसुडी महोत्सवमा दिनकै ५० हजारबढिको कारोवार गर्दै
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारस्थीत खुलामञ्चमा घुसुडि महोत्सवको रौनक चलेको छ । महोत्सवमा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । मेलाको प्रवेशद्धार भित्र पस्नेवित्तिकै पहिलो स्टलमा एक जना हसिलो अनुहारका अधबैसे उमेरका देखिने युवा अर्गानिक अचारहरु ... आमको अचार, लप्सीको अचार, सन्तुलाको अचार भन्दै उपभोक्ताहरुलाई आफुतिर आकर्षण गरीएको दृष्य देख्न सकिन्छ । उनको बोली मिठो भएपनि उनले विक्रिका लागि राखेका विभिन्न १५ प्रकारका फरकफरक परीमाण तोकिएका अचारहरु भने अमिलो(खट्टो–खट्टो) अर्थात मुखै रसाउने स्वादका छन् ।
बैतडीका गाँउघरमा उत्पादन गरीएका कृषिजन्य खाद्य पदार्थ र घरेलु सामाग्रि मेलामा विक्रि गर्न दोगडाकेदार गाउपालिका ७ बैतडी बाट आएका टेक बहादुर कार्की दैनिक ५० हजारभन्दा माथिको कारोवार गरीरहेका छन् । आप, अमल, लप्सी, कागती, गाजर, मुला, मौसमी, डल्ले खुर्सानी, बयर, किवि...












