Advertisement

Day: ९ आश्विन २०८२, बिहीबार

ठगी मुद्धामा ऐश्वर्या पक्राउ

ठगी मुद्धामा ऐश्वर्या पक्राउ

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–ठगीमुद्धाकी आरोपित ऐश्वर्या दाहाल ईन्टरपोलबाट रेड नोटिस भई युएईबाट पक्राउ परेकी छन् । धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका १४ घर भएकी ऐश्वर्या दाहाल पक्राउ परेकी हुन् । बुधबार पक्राउ परेकी उनलाई ठगीमुद्धामा अनुसन्धान गरी कारवाही गराउने प्रयोजनार्थ नेपाल ल्याईएको नेपाल प्रहरीको केन्द्रिय कार्यालयले जनाएको छ । ठगी मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास र पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज