नदीमा पौडी खेल्नेक्रममा डुवेर चार जनाको मृत्यू
धनगढी–कैलालीमा नदीमा डुबेर चार जनाको मृत्यू भएको छ । बिहिबार कैलालीस्थित खुटिया नदीमा डुबेर चार जनाको मृत्यू भएको हो ।
गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा दिउँसो २ बजेतिर बेपत्ताभएका धनगढीकां १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शब फेला परेको छ ।
बेपत्ता भएका चारै जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए भने अन्य तीन जनाको सकुशल उद्दार गरिएको छ।...














