भृकुटी माविमा अध्ययन गरेका १२ विद्यार्थी सरकारी सेवामा प्रवेश गर्दै
महेन्द्रनगर – महेन्द्रनगरको मुटुमा रहेको भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरमा अध्ययन गरेका १२ विद्यार्थीले लोक सेवाले लिएको परिक्षा उत्तिर्ण गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि २०८१/०८२ मा खोलेको विज्ञापन अन्तरगत भृकुटी मावि महेन्द्रनगरबाट ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग अध्ययन गरेका १२ जनाले पाचौ तहमा एकै पटकमा नाम निकाल्न सफल भएका हुन ।
उनीहरुले लोकसेवाद्धारा लिईएको परिक्षाको अन्तिम चरण अन्तरवार्ता पास गरी पोष्टिङको तयारीमा रहेको विद्यालयका ईन्जिनियरिङ्ग संकायका संयोजक चक्र बहादुर महराले बताए ।
‘यसै विद्यालयबाट तिन बर्षे डिप्लोमा तहको ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढेका १२ जना विद्यार्थीले यस बर्ष नेपाल विद्युत प्राधिकरणमा नाम निकाल्न सफल भएकाछन्,’ उनले भने ‘अभिल्लो बर्षपनि १३ जनाले नाम निकालेर विद्युत प्राधिकरणको विभिन्न वितरण केन्द्रहरुमा का...













