उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित
महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचित भएका छन् ।
अध्यक्ष र सचिव पदका लागि शनिबार मतदान भएको हो । अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको मतदानमा भोजराज पाठक र धन सिंह महराको बराबर १५/१५ मत आएपछि गोला प्रथाबाट अध्यक्ष चयन गरिएको छ ।
गोलाप्रथाबाट भोज राज पाठक अध्यक्ष चयन भएका छ्न ।
अध्यक्षमा पाठक, महरा सहित भुपेन्द्र बहादुर बिष्ट र आनन्द प्रसाद जोशी उम्मेदवार थिए ।
एसोसिएसनको सचिवमा रोसन लाल चौधरी निर्वाचित भएका छ्न । चौधरीले २५ मत ल्याएका छ्न । उनका प्रतिद्वन्द्वी मदन बहादुर कुवरले २० मत ल्याएका छ्न् ।
एसोसिएसनको कार्यालयमा बिहान ७ बजेदेखि मतदान भएको हो । बारमा ५४ मतदाता थिए ।
उपाध्यक्ष पदमा त्रिपुरा भट्ट, कोषाध्यक्षमा सुरेन्द्र प्रसाद उप्रेती, सदस्यमा ...















