Advertisement

Day: २६ पुष २०८२, शनिबार

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानी स्थित जोग्बुडा(दैजी सडक खण्डमा शनिबार साँझ करिब ६ः३० बजे मलामी बोकेर महाकालि आर्यघाटबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल सवार दुई जनाको घट्नास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ पन्तुराका २७ वर्षीय नवीन साउँद र पछाडि सवार परशुराम–६ तातापानी घर भई हाल परशुराम–१२ जोगबुढा बस्दै आएका ३५ वर्षीय मानबहादुर जाग्री रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख एबम प्रहरी निरीक्षक देवबहादुर चौधरीले परशुराम नगरपालिका ९ सतघाटका ट्याक्टर चालक सुरेश भट्ट फरार रहेका बताए । उनका अनुसार फरार...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको प्रमुख अथित्यमा शनिवार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।   मन्त्री सार्कीले सहकारीको आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको बताए । प्रदेश सरकारले सहकारीहरूलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति तथा बजेट विनियोजन गर्ने मन्त्री सार्कीले प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय सदस्य प्रताप चन्दले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मुल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए । साथै, सहकारीको नयाँ भवन निर्माणका लागि उनले मन्त्री सार्की समक्ष आवश्यक ४० लाख रुपैया छुट्याउन आग्रह गरे । साधारण सभामा बोल्दै केन्द्रीय लेखा आयोगक...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्द रहेकामा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्टले अध्यक्षता गरेका थिए । कार्यक्रममा प्याब्सन सुप प्रदेश अध्यक्ष सिवि चन्द, निर्माण अध्यक्ष पुष्पराज अवस्थी, सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोज राज भट्ट, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक चालिसे र केन्द्रीय सदस्य अम्मराज भट्ट विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा ९ ओटै पालिकाका उत्कृष्ट जिपीए ल्याउने मध्येबाट एकएक जना गरी १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरूलाई प्रतिविद्यार्थी ५ हजार नगद, प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार हस्तान्तर...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा ११/१२  अध्ययन गरी यसवर्ष एमबिबिएस डाक्टर, नर्सिङ, इन्जिनियरिङ, आयुर्वेद डाक्टर अध्ययनका लागि नाम निकालेका विद्यार्थीहरू लाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो । विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र पृथ्वी भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा एमबिबिएस डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो । त्यसै गरी बीएस्सी नर्सिङकालागी छात्रवृत्तिमा नाम निकाल्न सफल डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययन कालागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो । त्यसै गरी स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहे...
कञ्चनपुरको राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

कञ्चनपुरको राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
हेमा भट्ट, कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा पहिलोपटक माघी मिलन तथा वृहत सांस्कृतिक कार्यक्रम–२०८२ आयोजना हुने भएको छ। स्थानीय धर्म, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । आगामी माघ ३ र ४ गते राजघाटदेखि राजपुर जाने बाटो नजिकै रहेको राजघाट खेलमैदानमा कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। थारू समुदायको महान पर्व माघीलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस कार्यक्रमले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी मेलमिलापको सन्देश फैलाउने अपेक्षा गरिएको छ । हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान, भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रममा स्थानीय बासिन्दादेखि छिमेकी क्षेत्रका नागरिकसम्मको उल्लेखनीय सहभागिता रहने आयोजक समितिको विश्वास छ। स्थानीय समाजसेवी तथा वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवा न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज