महेन्द्रनगर – मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा ११/१२ अध्ययन गरी यसवर्ष एमबिबिएस डाक्टर, नर्सिङ, इन्जिनियरिङ, आयुर्वेद डाक्टर अध्ययनका लागि नाम निकालेका विद्यार्थीहरू लाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र पृथ्वी भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा एमबिबिएस डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो । त्यसै गरी बीएस्सी नर्सिङकालागी छात्रवृत्तिमा नाम निकाल्न सफल डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययन कालागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहेका थिए ।

कार्यक्रममा पृथ्वी राज भट्टले विद्यार्थीहरूको उज्वल भविष्य र प्रगतिको शुभकामना मन्तव्य राखेका थिए । उनले सबै विद्यार्थीलाई मनैदेखि बधाई ज्ञापन गर्दै छात्रवृत्तिमा नाम निकाल्नु जीवनको परीक्षाको पहिलो खुट्किलो भएकाले अझै पनि हार्ड ओर्किङ गर्न विद्यार्थीहरुलाई आग्रह गरे । आफ्नो आमा बुबाको र आफ्नो सपना साकार गर्न र विद्यालयको गरिमालाई उचो बनाएकोमा विद्यार्थी सबैलाई धन्यवाद दिए । विद्यार्थीले गरेको सफलताले विद्यालयको गरिमा बढेको उल्लेख गर्दै विद्यार्थीहरुले विद्यालयको शाख निरन्तर राख्ने उनले आशा व्यक्त गरे । कोर्डिनेटर सुनिल ठाकुरले कार्यक्रमको बारेमा जानकारी प्रस्ट पार्दै विद्यार्थीहरूलाई बधाई दिएका थिए ।

त्यस गरी विद्यालयका सञ्चालक समिति अध्यक्ष केशव चन्दले पनि विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गरिमा थप विर्दी गरेकोमा धन्यवाद दिए ।
६० विद्यालय सहभागी राष्टपति रनिङ प्रतियोगितामा मर्निङगलोरी मार्चपासमा प्रथम भएको थियो । मर्निङगलोरीबाट प्लस टू अध्ययन गरेका १५ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढिरहेका छन् । यो विद्यालयबाट प्लस टू गरेका १३ जनाले भेटेरीनरी डाक्टर पढेका छन्। त्यसैगरी २ जनाले CA गरिसकेका छन् भने इन्जिनियरिङ, bsc नर्सिङ , फोरेष्ट्री, र आयुर्वेदिक डाक्टरमा गरी सयौ विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेकी छन् ।
२०६२ मा स्थापना भएको स्कुलले २०७१ देखि विज्ञान विषयको अध्ययन सुरु गरेको थियो । गत शैक्षिक शत्रमा ८० जना विद्यार्थीले प्लस टू गरेका थिए ।

कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विद्यार्थी प्रिन्जल गहतराजले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल चूडामणि शर्माले गरेका थिए ।
समाचार भिडियोमा हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।