Advertisement

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर – प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्द रहेकामा प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्टले अध्यक्षता गरेका थिए ।
कार्यक्रममा प्याब्सन सुप प्रदेश अध्यक्ष सिवि चन्द, निर्माण अध्यक्ष पुष्पराज अवस्थी, सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोज राज भट्ट, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक चालिसे र केन्द्रीय सदस्य अम्मराज भट्ट विशिष्ठ अतिथि रहेका थिए ।
कार्यक्रममा ९ ओटै पालिकाका उत्कृष्ट जिपीए ल्याउने मध्येबाट एकएक जना गरी १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरूलाई प्रतिविद्यार्थी ५ हजार नगद, प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । बेलौरी नगरपालिकाबाट २ जनाले समान जिपीए ल्याएका थिए । त्यसै गरी सम्पूर्ण सदस्य विद्यालयहरुलाई पनि सम्मान गरिएको थियो । १०५ सदस्य रहेका छन् । एन प्याब्सन त्याग्दै मर्निङ ग्लोरि र कृष्णपुर को एबी इंग्लिश बोर्डिङ स्कुलले प्याब्सनको सदस्यता लिएका छन् । नयाँ सदस्यता लिएका स्कुललाई औपचारिक रुपमा सदस्य हस्तान्तरण गरिएको थियो ।

बन्दशत्र पनि सुरु भएको छ । बन्दशत्रमा सचिवको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका छ । त्यसैगरी आगामी वर्षको रणनीति तय गरिने प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले बताए । बजार नजिक जग्गा खरिद गर्ने, संगठन विस्तार गर्ने लगायतका नीति अनुमोदन गरिने छन् ।

प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्दले शिक्षाको गुणस्तर वृद्धि गर्न र निजी विद्यालयको लागि आफ्नो र सरकारको तर्फबाट गर्नुपर्ने सहयोका लागि वचन बढ्द रहेको बताए ।
अध्यक्ष भट्टले प्याब्सन लाई सहयोग गर्ने सबै विद्यालयलाई सम्मान र सम्मानित हुने विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे । उनले प्राइवेट एजुकेसन लागि भव्य र सब्य बनाउँदै शिक्षाको गुणस्तर वृद्धि गर्ने बताए ।
जिल्ला सचिव अक्कल बहादुर रोकायले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले राखेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज