भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्का सरुवा
महेन्द्रनगर – भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयका प्रमुख श्याम सिंह खड्का सरुवा भएका छन् । बिगत एक वर्षको लामो समय बिज्ञ केन्द्र कञ्चनपुरमा कार्यालय प्रमुख रहेका खड्का पशु विकाश निर्देशक(उपसचिव)बढुवा भई भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका हुन् । बिहिबार भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयमै औपचारीक कार्यक्रम गरी उनको विदाई गरीएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर कार्यालयलाई बार्षिक कार्यप्रगतिको आधारमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ठ कार्यालयको रुपमा चिनाएका थिए । ईमान्दार र बौद्धिक व्यक्तित्व भएका विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख खड्का लगनशीलता, इमान्दारिताका साथ एक बर्षे कार्यकाल सफल बनाएका थिए । उनले सहजरुपमा कृषकहरुका समस्या समाधान गर्नेदेखि लिएर कृषकबर्गका लागि हल गोरु, रागा पाल्ने कृषकलाई अनुदान दिने जस्...














