Advertisement

Day: ६ मंसिर २०८२, शुक्रबार

५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

५ औँ कञ्चनपुर सम्मेलन दश बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – पाचौ कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ । शुक्रबार बेलौरी नगरपालिकाको आयोजना एव एनएनएसडब्लुएको प्राविधिक सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने नाराका साथ सुरु भएको पाँचौँ कञ्चनपुर सम्मेलन सम्पन्न भएको हो । बेलौरीमा सम्पन्न उक्त सम्मेलनले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पक्षमा १० बुँदे ‘बेलौरी घोषणापत्र’ जारी गरेको छ । दीगो विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र स्थानीय सरकारको सक्रिय भूमिका सुनिश्चित गर्नउक्त सम्मेलन आयोजना गरीएको छ । उक्त सम्मेलनमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख सरकारी तथा गैरसरकारी संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, विज्ञ एवम् सरोकारवालाको सहभागिता रहेको थियो। सम्मेलनले आगामी दिनमा जिल्लामा हुने कुनै पनि प्राकृतिक वा मानवसृजित विपद् जोखिमको सामना गर्न तयारी, योजना र समन्वयलाई प्राथ...
‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

‘एलबिए फेष्ट २०८२’ भव्यताका साथ सम्पन्न, फेष्टमा ६ सय विज्ञान तथा कला प्रर्दशनी र ३५ वटा फुड स्टल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर – सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध एकेडेमीले आयोजना गरेको महोत्सव सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको लिटिल बुद्ध एकेडेमीले ‘एलबिए फेष्ट ०८२’ भव्यताका साथ सम्पन्न गरेको हो । विद्यार्थीहरूको सिर्जनात्मकता, क्षमता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘एलबिए फेष्ट ०८२’ मा विद्यार्थीहरुले विभिन्न विधाका प्रदर्शनीहरू प्रस्तुत गरेका छन् । त्यसैगरी एलबिए फेष्टमा कला, विज्ञान, हस्तकला, तथा विभिन्न परिकारहरूको फुड स्टल राखेका छन । फेष्टमा विद्यार्थीहरुले सामुहिकरुपमा लगानी गरी व्यपार व्यवसाय गरेका छन् । उनीहरुले फुड स्टलबाट भएको आम्दानीको २५ प्रतिशत बाल अनाथालयमा दान गर्ने योजना रहेको बताए । कक्षागतरुपमा सामुहिक लगानी गरीएका फुडस्टलहरुले अभिभावकहरुलाई आकर्षण गरेको थियो । फेष्टमा ३५ वटा विभिन्न परिकारका खाद्य...
एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किदै छ : महासचिव पोखरेल

एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किदै छ : महासचिव पोखरेल

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सक्रियताले देश पुनः सही दिशामा फर्किएको बताउनुभएको छ । नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो पछिल्ला राजनीतिक विवाद, न्यायिक अशान्ति र सरकारप्रति बढ्दो असन्तुष्टिमा अल्झिरहेको मुलुक एमालेकै सक्रियताले पुनः सही दिशातर्फ फर्किदै छ । राज्य कमजोर बन्न थालेको अवस्थामा एमालेद्वारा देशव्यापी आयोजित कार्यक्रमहरूले अवस्थालाई सम्हाल्न सफल भन्दै महासचिव पोखरेलले आगामी दिनमा यो भूमिका बढाइने बताउनुभयो । भदौ २३ र २४ मा भएका तोडफोड तथा विध्वंसकारी गतिविधि व्यापक बन्दै जाँदा एमालेका कार्यक्रमहरूले ती घटनालाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले पछिल्ला दिनहरूमा जनतामा देखिएको त्रास र अनिश्चितताको वातावरण कम हुनुमा पनि पार्टीको सक्रियता प्रभावकारी रूपमा देखिएको दाबी गर्नुभयो । उहा...
एमालेको स्वंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो : अध्यक्ष ओली

एमालेको स्वंसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो : अध्यक्ष ओली

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता,नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताउनुभएको छ । एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता,जनधनको,औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको ओलीले बताउनुभयो । ‘यदी कसैले शान्ती भंग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो ‘फोर्सले प्राकृतिक विपत्ती र जनताका समस्या समाधानमा काम गर्नेछ ।’ अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्नु भयो । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले जेन जीका नाममा नक्कलीहरु खड...
एमालेका कुनै नेतालाई बयानमा बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत

एमालेका कुनै नेतालाई बयानमा बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार पस्नेछन् : महेश बस्नेत

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं- नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरुलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताउनुभएको छ । नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिंजाएको भन्दै उहाँले त्यसो भएमा आज भेला भएका भन्दा पाँच दोब्बर मानिस सिंहदरबार प्रवेश गर्ने उहाँले चेतावनी दिनुभयो । भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभिएफले तोडफोड र आगजनी गर्ने उहाँले बताउनुभएको छ । ‘हामी भदौ २४ गतेका अराजकहरु जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौ ’ बस्नेतले भन्नुभयो ‘बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरुलाई सिंहदरबाट बिदाइ गर्नेछौं ।’ बस्नेतले १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आफूहरुले आमसभा आयोजना गर्ने पनि बताउनुभएको छ । नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरील...
एमालेको ११ औं महाधिवेशन तयारीका लागि १३ वटा उपसमिति गठनः कसलाई के जिम्मेवारी ?

एमालेको ११ औं महाधिवेशन तयारीका लागि १३ वटा उपसमिति गठनः कसलाई के जिम्मेवारी ?

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं नेकपा एमालेले ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिती गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय महाधिवेशनको सचिवालय व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समिती गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनु भएको छ । बैठकले प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ । समितीको सदस्यहरुमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरू महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन् । जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव र सदस्यहरुमा इन्चार्ज— गण्डकी र मधेस प्रदेशका, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, अध्यक्ष वागमती, गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी ,वागमती प्रदेश अन्तरगतका —जिल्ला इन्चा...
पुर्वमुख्यमन्त्री रावलद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

पुर्वमुख्यमन्त्री रावलद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री राजेन्द्र रावल सिह रावलले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । जटिल प्रकृतिको क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई पुर्वमुख्यन्त्री रावलले उपचार खर्च सहयोग गरेका हुन । पुर्वमुख्यमन्त्री रावलले पत्रकार महासंघका अध्यक्ष धामीकोे खातामा सिधै ५ हजार रुपैया ट्रान्सफर गरेका छन । नेकपा एमाले पोलिट्ब्यूरो सदस्य एव सुप प्रदेश एमाले संसदीय दलका नेता रावलले समाजिक क्षेत्रमा खटिने पत्रकार धामीलाई संकट गरेका बेला उनको जिवन रक्षाका लागि भन्दै व्यक्तिगत तर्फबाट सहयोग गरेको जनाएका छन । जेनजी आन्दोलनका क्रममा रावलको महेन्द्रनगर स्थित निजीनिवासमा आगजनी, तोडफोड एव लुटपाट भएर संकटमा परेपनि मानविय सहयोग भन्दै धामीलाई उपचार खर्च गरेको गरेको उनको निजी सचिवालयले जनाएका छन । एमाले निकट प्रेस...
प्रसूतिको भवनमा भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दर्ता

प्रसूतिको भवनमा भ्रष्टाचार गरेको आरोपमा ६ जना विरुद्ध मुद्दा दर्ता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – प्रसूति केन्द्र भवन निर्माणमा भ्रष्टाचार आरोपमा ६ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ मा प्रसूति केन्द्र भवन निर्माणमा आर्थिक अनियमितता भएको ठहर गर्दै बिहीबार मुद्दा दर्ता गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रसूति केन्द्र भवन निर्माणको लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख विनियोजन भएको र स्थानीय उपभोक्ताबाट ६ लाख १५ हजार २०६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको थियो। उक्त काम मापदण्ड विपरीत भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ३ बमोजिम स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह, शिक्षा विकास तथा ...
जिप्रका कञ्चनपुरद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

जिप्रका कञ्चनपुरद्वारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिरामी पत्रकार सुरेश सिह धामीको उपचार खर्च सहयोग गरेको छ । जिप्रकाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च दिएको हो । क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका जिल्ला अध्यक्ष धामीलाई जिप्रका कञ्चनपुरले उपचारका लागि आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघका अध्यक्ष धामीको जिवन रक्षाका लागि जिप्रकाले खाजा खर्च घटाएर मानविय सहयोग गर्ने उदेश्यका साथ नगद १५ हजार औषधी खर्च सहयोग गरेको हो । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले समाजिक क्षेत्रमा कार्यरत पत्रकार महासंघका अध्यक्ष धामीको उपचारका टेवा पु¥याउने उदेश्यका साथ सक्दो उपचार सहयोग गरेको बताए । जिप्रका त्यस्तो सहयोग गर्ने बजेट नभएपनि ईच्छुक साथीहरुबाट संकलन भएको रकम सहयोग गरेको छ ।...
संविधानमा भएको मौलिक हक पाउन आन्दोलन गर्नुपर्ने बाध्यता

संविधानमा भएको मौलिक हक पाउन आन्दोलन गर्नुपर्ने बाध्यता

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – संविधानमा उल्लेख गरीएको मौलिक हक पाउन पनि आन्दोलन गर्नुपर्ने विडम्बना आएको छ । कञ्चनपुर जिल्लामा मौलिक हकका लागि आरक्षपीडितहरुले बिरोध प्रर्दशन गरेका छन । उनीहरु आफ्नो हकअधिकारका लागि लामोसमय देखि विभिन्न प्रकारका आन्दोलन गर्दै आईरहेका छन् । तर सरकारका जिम्मेवार निकार सुतेका कुकुरजस्तै मौन छन् । उनीहरुले आफुबाट खोसिएको आफ्नो जमिन मात्रै मागेका छन् । सयौ सरकार फेरीए होलान तर जुनसुकै सरकार आएपनि उनीहरुमाथि आयोग गठन गर्दै रजाईबाहेक केही गरेन् । बिहीबार पनि पुर्नस्थापनाको माग अघि सार्दै बिरोध प्रर्दशन गरेर प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन । आरक्षपीडितका सन्तान(विद्यार्थी) सहित पीडितले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्ण भट्टले डिभिजन वन कार्यालय अगाडी धर्नासंगै कब्जा गरेर ब...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज