Advertisement

Day: १६ भाद्र २०८२, सोमबार

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमितिका लागि अवस्थीले गरे प्यानल घोषणा, भट्ट र अवस्थी प्यानलविच घमासान प्रतिष्पर्धा हुने निश्चित

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्यसमितिका लागि अवस्थीले गरे प्यानल घोषणा, भट्ट र अवस्थी प्यानलविच घमासान प्रतिष्पर्धा हुने निश्चित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरको आगामी भदौ २० र २१ गते हुन गईरहेको १५ औं अधिवेशनअन्तरगत नयाँ कार्यसमितिका लागि दुई प्यानलमा घमासान प्रतिष्पर्धा हुने भएको छ । युवा निर्माण व्यवसायी पुष्पराज अवस्थीले नयाँ कार्यसमितिका लागि आज प्यानल घोषणा गरेपछि दुई प्यानलविच नेतृत्वका लागि कडा प्रतिप्पर्धा हुने भएको हो । यस अघि बहालवाला अध्यक्ष निरञ्जन भट्टले आफ्नो प्यानल खडा गरी प्रचार प्रसारमा लागिसेका छन् । सोमबार महेन्द्रनगरको सिद्धार्थ होटेलमा पत्रकार सम्मेलनको आयोजना गरी कुसल निर्माण व्यवसायी अवस्थीले आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका छन् । संघको सदस्य हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी कुसलतासाथ सम्मालिसकेका अवस्थीले आफ्नो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा अमर बम, उपाध्यक्षमा यज्ञराज बैज, महासचिवमा देवीदत्त भट्ट, सचिवमा गोरेसिंह ऐर, कोषाध्यक्षमा दिलबहादुर सिंह र सह–कोषाध्यक्षमा चित्रबह...
दार्चुलाको नौगाडमा अटो खस्दा दुई जनाको मृत्यू, एक बेपत्ता

दार्चुलाको नौगाडमा अटो खस्दा दुई जनाको मृत्यू, एक बेपत्ता

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दार्चुला–दार्चुलाको नौगाड खोलामा अटो खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए । रावतका अनुसार मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । अन्य दुई जना महिला भने बेपत्ता छन् । बेपत्ता एक जनाको खोजी कार्य जारी छ । रावतले भने, ‘अटोमा चालकसहित ५ जना सवार थिए । ५ जना मध्ये चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन् । आयुषको हात भाँचिएको छ ।’ होपरी गाडबाट गोकुलेश्वर तर्फ आइरहेको अटो अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खोलामा खसेको उनले बताए । चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।...
दोधारा चाँदनीको जर्का टोलमा पस्यो जोगबुडाको बाढी, दुई दर्जन बढी परिवार विस्थापित

दोधारा चाँदनीको जर्का टोलमा पस्यो जोगबुडाको बाढी, दुई दर्जन बढी परिवार विस्थापित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
दोधाराचादनी–कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिका वडा नं. ४ स्थीत जर्का टोलमा बाढि पस्दा स्थानीय विस्थापित भएका छन् । जोगबुडा नदी किनारमा रहेको जर्का टोलमा बाढि पसेको हुदा दुई दर्जन बढी घरपरिवार विस्थापित भएका हुन् । वडा कार्यालयको अगुवाईमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बाढीमा फसेका वासिन्दाको उद्धार गरी सुरक्षित राखिएको छ । अहिले विस्थापित वासिन्दा जनज्योति माध्यमिक विद्यालयमा राखिएका छन् । जोगबुडा नदीको बाढीले वडा नं. ७ र ८ का वासिन्दा विस्थापित भएका छन् । जोगबुडा नदीको बाढी वस्ती आएपछि डुबान भएर उनीहरु सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए । जरका टोल नजिक अर्को वस्ती रामपुरे टापु छ । यो टापुका वासिन्दा पनि बर्सेनी बाढीको चपेटामा पर्दै आएका छन् । समुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरले बाढी प्रभावित परिवारलाई प्राथमिक चरणमा अस्थायी आ...
स्वतन्त्रको एकता महाकाली–मेची यात्रा गड्डाचौकीबाट हुदै

स्वतन्त्रको एकता महाकाली–मेची यात्रा गड्डाचौकीबाट हुदै

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–स्वतन्त्रको एकता महाकाली मेची यात्रा गड्डाचौकीबाट सुरु हुने भएको छ । समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपालले मंगलबारदेखि यात्रा गर्न लागेको छ । कञ्चनपुर उद्योग बाणिज्य संघ सभा कक्षमा पत्रकार सम्मेलन गरी यात्राबारे जानकारी दिइएको हो । महाकाली प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष कृष्णदत्त जोशी बोक्सर सहित विभिन्न क्षेत्रका अगुवाहरु पत्रकार सम्मेलनमा सहभागी भएका छन् । समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपालका संयोजक प्रेमराज भट्टले नागरिकलाई स्वतन्त्र बनाउने उद्देश्यले देशभर सन्देश फैलाउन यात्रा गर्न लागिएको बताए । ‘स्थानीय नागरिक स्वतन्त्र हुनु पर्छ, तपाई पत्रकार, पत्रिका पनि स्वतन्त्र हुनु पर्छ, कर्मचारी पनि स्वतन्त्र हुनु पर्छ भनेर अभियान गोदावरीमा अभियान चलायौ, त्यसपछि यसलाई देशव्यापी बनाउन पर्छ भनेर यो यात्रा गरि रहेका छौ’ पत्रकार सम्मेलनमा उनले भने । दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज