Advertisement

Day: २ श्रावण २०८२, बिहीबार

व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

व्यवसाय सञ्चालन गरे ५ देखि २५ हजारसम्म जरीवाना

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लामा सुनचाँदी पसल संञ्चालन गरे ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले यो आर्थिक बर्षका लागि ल्याएको बजेट कार्यन्वयनमा आएसंगै कञ्चनपुरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । कञ्चनपुर सुनचाँदी व्यवसायी संघले एक प्रेस नोट जारी गरी पाँच दिनका लागि सुनचाँदी पसल बन्द गरी फेरी आन्दोलनमा उत्रेको जनाएको हो । आन्दोलनको क्रममा जोकसै सुनचाँदी व्यवसायीले पसल सञ्चालन गरेमा ५ देखि २५ हजारसम्म जरिवाना तिर्नुपर्ने कञ्चनपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । सरकारले ल्याएको बजेटले सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले असार १३ गतेदेखि पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकि...
“अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

“अजमेरा फैशन ईन्डिया” अब नेपालमै : फेक्ट्री रेटमा सामान पाइने

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं, नेपाल — भारतको गुजरातस्थित न. १ टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी भवन बानेश्वरबाट बिधिवत बिक्री सुरु गरेको छ ।मासिक १० लाख उत्पादन क्षमता भएको कम्पनीका अध्यक्ष अजय अजमेरा भारतका प्रतिष्ठित कपडा उद्योगी हुन । नेपालको आधिकारिक कार्यालय इन्द्रेणी भवन, नयाँ बानेश्वरको तेस्रो तल्लामा रहेको छ। यहाँबाट ग्राहकहरूले भारतकै फेक्ट्री दररेटमा सामान प्राप्त गर्न सक्नेछन्, ।भारतमा १९९२ मा स्थापना भएको कम्पनी गुजरातकै न १ कम्पनी हो । १ लाख भन्दा बढी बिक्रेता भएको यस कम्पनीले ३० भन्दा बढी देशमा आफनो ब्यापार बिस्तार गरेको छ साथै १ अर्ब भन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ। नेपालमा ठुलो सख्यामा ग्राहक रहेपनी विभिन्न रुपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागी आधिकारिक बिक्रेता नियुक्त गरेको छ। नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेत...
अमरगढी किल्लाको कोतघर निर्माण गरिदै

अमरगढी किल्लाको कोतघर निर्माण गरिदै

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेल्धुरा–डडेल्धुरा जिल्लामा रहेको ऐतिहांसिक अमरगढी किल्लामा कोतघर निर्माणको काम थालिएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ मा अवस्थित अमरगढी किल्लामा डेढ करोड लागतमा कोतघरसंगै किल्ला भित्र र बाहिर पत्थर बिछाउनेगरि नेपाली सेनासंग ठेक्का सम्झौता भई असारको अन्तिम साताबाट कोतघर निर्माणको कार्य सुरु गरीएको हो । गत आर्थिक बर्ष २०८१÷०८२ मा बजेट विनियोजन गरीएको भएता पनि आर्थिक बर्षको अन्तिममा आएर बजेट सुनिश्चितता भएपछि निर्माण कार्य सुरु गरीएको शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्राबिधिक दिपक ओझाले बताए । उनका अनुसार बजेट ढिला गरि प्राप्त भएपछि असार महिनाको पहिलो साता मात्रै ठेक्का सम्झौता भएको थियो । गत आर्थिक वर्षमा काम नसकिने निश्चित भएपछि म्याद थप गरि चालु आर्थिक वर्ष २०८२÷०८३ मा निर्माण कार्य सम्पन्न गर्ने लिईएको उनले बताए । नेपाली सेनाको अमरग...
समावेशी तथा बालमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

समावेशी तथा बालमैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ स्थित श्री पञ्चाधिन माध्यमिक विद्यालयमा समावेशी तथा बाल अपाङ्गता तथा लैङ्गिक मैत्री शौचालय निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र कृष्णपुर नगरपालिकाको साझेदारीमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत शौचालय निर्माण गरी हस्तान्तरण गरीएको हो । कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यक्रम संयोजक रामेश्वर जैरुले बालबालिकालाई सुरक्षित, समावेशी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित भुगोल सुहाउँदो ढाँचामा शौचालय निर्माण गरिएको जानकारी दिए । उनका अनुसार कृष्णपुर नगरपालिकाको २ लाख र साझेदार संस्थाहरूको १२ लाख रुपैयाँ लगानीमा कुल १४ लाख ३ हजारको लागतमा शौचालय निर्माण सम्पन्न गरिएको हो। वर्ल्ड भिजन इन्टरने...
दोधारा चाँदनीमा विपद् पूर्वतयारीका लागि ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’

दोधारा चाँदनीमा विपद् पूर्वतयारीका लागि ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’

samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबलटप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न गरीएको छ । मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा जस्ता प्राकृतिक विपद्हरूको सामना गर्न सरोकारवाला निकायहरूलाई तयार पार्ने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो । सम्भावित मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न र समुदायलाई सुरक्षित राख्न दोधारा चाँदनी नगरपालिकामा कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रम आयोजना गर्न नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका, क्लाइमेट रेजिलियन्स एलायन्स, मर्सीकोर, डिसिए, युनिसेफ, निड्स नेपाल र अक्सफामले सहकार्य गरेको हो । कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मानवीय सेवा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज