Advertisement

Day: २५ चैत्र २०८१, मंगलवार

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

निर्माण कार्य अलपत्र पार्ने दश कम्पनीलाई स्पष्टिकरण

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीहरूको नाम सार्वजनिक गर्दे स्पष्टीकरण सोधेको छ । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालयले काम नगर्ने १० निर्माण कम्पनीहरूलाई राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो । निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरूलाई पूर्वाधार विकास कार्यालयले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको भन्दै स्पष्टीकरण सोधिएको जनाएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीहरूलाई सम्झौता सर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने ? भन्दै ७ दिन भित्र अन्तिम स्पष्टीकरणको जवाफ पेस गर्न सूचना प्रकाशित गरेको छ । पूर्वाधार कार्यालयले निर्माण कार्य अलपत्र पार्ने र कार्यालयको आदेशलाई आल–टाल गर्ने तथा जनताला...
होलि फेम्लि स्पोर्टस एकेडेमीद्धारा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु

होलि फेम्लि स्पोर्टस एकेडेमीद्धारा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चपनुरमा निशुल्करुपमा १२ दिने क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्प सूरु भएको छ । होली फेम्ली स्पोर्टस एकेडेमीद्धारा आयोजित १२ दिने निशुल्क क्रिकेट तथा तेक्वान्दो ट्रेनिङ क्याम्पको मंगलबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सूरु गरीएको हो । होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव भट्टले सभापतित्व गरेको उक्त कार्यक्रममा प्रमुख खतिथि कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द रहेका थिए । तेक्वान्दोको प्रशिक्षण तेक्वान्दो संघ कन्चनपुरका सचिव गोविन्द थापाले गर्नेछन भने क्रिकेटको प्रशिक्षण प्रशिक्षक सन्तोष भट्टले गर्ने होली फेम्ली स्पोर्टस एकेडेमिका उपाध्यक्ष महादेव प्रसाद भट्टले जानकारी दिनुभयो । विगत बर्षहरुमा पनि होली फेम्ली स्पोर्टस एकेडेमीले खेलकुद प्रशिक्षण गराउदै आएकोमा यस बर्ष पनि जिल्ला क्रिकेट संघ र जिल्ला तेक्वान्दो संघसंगको सहकार्यमा निशुल्करुपम...
सुदूरपश्चिममा ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

ट्रेन्डिङ, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म ६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेता मार्फत उक्त सङ्ख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो। हालसम्म पुस्तक बिक्रीबाट रु आठ करोड ३१ लाख आम्दानी भएको जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिए । ‘हामीले यही चैत १७ गतेदेखि पहाडी जिल्लामा पाठ्यपुस्तक बिक्री सुरु गरेका थियौँ,’ उहाँले भन्नुभयो ‘पहाडी जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र अछाममा पाठ्यपुस्तक गइसकेको छ। डोटी र डडेल्धुरामा बाँकी रहेको पाठ्यपुस्तक गइरहेको छ। शैक्षिकसत्र अगावै सबै जिल्लामा पुस्तक पुग्छ।’ कञ्चनपुरमा चैत २६ गतेदेखि र कैलालीमा चैत २८ गतेदेखि पाठ्यपुस्तक बिक्री सुरु गरिने उ...
एमालेको बिशेष सभालाई ज्ञवाली र पोखरेलले संवोधन गर्ने

एमालेको बिशेष सभालाई ज्ञवाली र पोखरेलले संवोधन गर्ने

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेकपा एमालेले कैलालीको धनगढीमा आयोजना गर्ने प्रदेशस्तरीय विशेष सभाको तयारी तिब्र बनाएको छ । पार्टी प्रदेश कमिटीको नेतृत्वमा यही चैत्र २९ गते हुने बिशेष सभालाई व्यापक बनाउन प्रचार प्रसार देखि अन्य व्यवस्थापकीय तयारीलाई तिब्र पारिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिनुभयो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको नेकपा एमालेले जनाएको छ । सभालाई नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलले संवोधन गर्ने प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं पार्टी प्रदेश कमिटी उपसचिव भागरथी विष्टले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली आउने भनिएपनि अन्तिममा सरकारकै काममा व्यस्त रहनु पर्ने भएकोले उपाध्यक्ष र महासचिवले संवोधन गर्ने कार्यक्रम तय गरिएको उ...
‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सम्पन्न

‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित नोट स्विफ्ट प्रा.ली.द्धारा आयोजना गरिएको ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सोमवार सम्पन्न भएको छ । ‘फर दि फ्युचर अफ एजुकेसन इन नेपाल’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागितासहित महेन्द्रनगरमा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेदा एपका का प्रमुख कार्यकारी अधिकृत निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्टका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत विकास पाण्डेयजस्ता प्रतिष्ठित व्यक्तित्वहरू वक्ताका रूपमा सहभागी थिए। कार्यक्रम नोट स्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज