दोधारा चाँदनीको ‘माघी मिलन महोत्सव’ मा बिद्यार्थी र धर्म गुरु सम्मानित
दोधारा । दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको छ् । नेपाल मगर संघ दोधारा चाँदनीको आयोजनामा मंगलवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बौद्ध नगरमा भब्यताको साथ मंगलवार ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको नेपाल मगर संघ दोधारा चाँदनीका नगर अध्यक्ष शुशिल राना मगरले जानकारी दिनुभएका छन् । ‘माघी मिलन महोत्सव’ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, धर्म गुरु बशन्त गुरुङ्ग, नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य लगाएत मगर समुदायका अगुवा लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको थियो ।
‘सबै धर्म, सस्कृती र पहिचानलाई गर्दै सम्मान : संरक्षण गरौ आफ्नो धर्म, सस्कृती र पहिचान’ नारा सहित संचालन भएको ‘माघी महोत्सव’ कार्यक्रममा मगर समुदायका संस्कृति भल्कने भेषभुषा तथ...















