Advertisement

बडवाल टोलमा जंगली हात्तीको आतंक, नियन्त्रणमा नगरपालिकाको प्रयास

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हात्ती प्रभावित क्षेत्र भनेर चिनिदै आएको बडुवाल टोलमा जंगली हात्तीको आतंक कायमै छ् । वर्षेनी जंगली हात्तीको आतंकबाट प्रभावित हुदै आएका दोधारा चाँदनी नगरपालिका– ३ को बडुवाल टोलमा स्थानियबासीहरुको जंगली हात्तीले गहुँवाली खाएर र उद्यनेर नष्ट गदैृ आएको छ् । सिमावर्ती भारतिय जंगलबाट दैनिक रातीको समयमा बस्ती भित्रिने जंगली हात्तीको बथानले बेलाबखत स्थानियबासीहरुको घरमा समेत ठुलो क्षती बनाउदै आएको छ् । दोधारा चाँदनी नगरपालिकाले जंगली हात्ती नियन्त्रण गर्न हर सम्भव प्रयास गर्दै आएपनि सफलता पाउन सकिरहेको छैन् । मध्यरातमा बस्ती भित्रिने हात्तीको बथानले बडुवाल टोलमा वर्षेनी झण्डै २ सय बढी घरपरिवारहरु प्रभावित बन्दै आएका छन् । अहिले आएर जंगली हात्तीले स्थानिय किसानहरुको गहुँ, उखु खेती दैनिक नष्ट गर्न थालेसंगै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु सम्मलित एक टोलीले जंगली हात्तीले गर्दै आएको क्षतीको स्थलगत अनुगमन गर्नुभएको छ् ।

टोली सशस्त्र प्रहरी बल नेपालको फोरवार्ड बेसमा पुगेर अवस्थाको बारेमा जानकारी लिएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो । खेतमा बाली हरियो हुने बित्तिकै जंगली हात्तीको बथान बस्तीमा पसेर क्षती गर्दै आएको नगरप्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । नगरपालिकाले हात्ती नियन्त्रणको लागी भरथेग प्रयास गर्दै जादा पनि नियन्त्रण हुन नसकेको उहाँले बताउनुभएको छ् । भारतिय जंगल संग जोडिएको बडुवाल टोलमा रातीको समय स्थानियबासीहरु हात्तीको डरले जाग्रम बस्दै आएका नगरप्रबक्ता धनाडीको भनाई रहेको छ् । नगर क्षेत्रमा विगत लामो समय देखि मानव र वन्यजन्तु बीच द्वन्द्व भईरहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीमा हुदै आएको हात्ती आतंक नियन्त्रणको लागी बिभिन्न प्रकारको अभ्यास गर्दै आएपनि नियन्त्रणमा कमी नआएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

आफु निर्वाचित भएर आए संग बडुवाल टोलमा जंगली हात्तीले गर्दै आएको क्षतीको बारेमा संघिय सरकार, प्रदेश सरकार र सरोकारवाला संग पहल गर्दै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बडुवाल टोलमा हात्तीको समस्या निकै गम्भिर रहेको आफुले महशुस गर्दै आएको बताउदै हात्तीको आतंक निराकरणको लागी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगााउ लगाएत सरोकारवाला संग आफुले पहल जारी रहेको उहाँले बताउनुभयो ।

दोधारा चाँदनी नगरपालिकाले बडुवाल टोलमा मानविय क्षती रोक्न, जंगल नजिक सोर्यबत्ती जडान, टर्च लाईट बितरण, सशस्त्र प्रहरी बल नेपालको फोरवार्ड बेस स्थापना लगाएत कार्य गर्दै आएको छ भने, बेलबखत हात्तीले अन्नवाली क्षती बनाएको किसानहरुलाई खाद्यान्न र नगद सहयोग समेत गर्दै आएको छ् ।

बस्तीमा भारतिय जंगलबाट बस्ती भित्रिने जंगली हात्तीको समस्या जटिल बन्दै गएको अवस्थामा मानविय क्षतीको त्रास पनि त्यत्तीकै बढेर गएको स्थानियबासीहरुको भनाई रहेको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज