Advertisement

‘माघी मिलन महोत्सव– २०८१’ भब्यताको साथ सम्पन्न, बिद्यार्थी र धर्म गुरु सम्मानित

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको छ् । नेपाल मगर संघ दोधारा चाँदनीको आयोजनामा मंगलवार दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बौद्ध नगरमा भब्यताको साथ मंगलवार ‘माघी मिलन महोत्सव– २०८१’ सम्पन्न भएको नेपाल मगर संघ दोधारा चाँदनीका नगर अध्यक्ष शुशिल राना मगरले जानकारी दिनुभएका छन् । ‘माघी मिलन महोत्सव’ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सदस्य बेल बहादुर राना मगर, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा जोशी, धर्म गुरु बशन्त गुरुङ्ग, नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य लगाएत मगर समुदायका अगुवा लगाएत स्थानियबासीहरुको बाक्लो सहभागिता रहेको थियो । ‘सबै धर्म, सस्कृती र पहिचानलाई गर्दै सम्मान : संरक्षण गरौ आफ्नो धर्म, सस्कृती र पहिचान’ नारा सहित संचालन भएको ‘माघी महोत्सव’ कार्यक्रममा मगर समुदायका संस्कृति भल्कने भेषभुषा तथा पहिरन साथ सांस्कृती कार्यक्रमहरु संचालन भएको सुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । बिगत लामो समय देखि दोधारा चाँदनी नगरपालिकामा मगर समुदायले माघ १ गतेको दिन ‘माघी मिलन महोत्सव– २०८१’ संचालन गर्दै आएको प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभयो ।

माघे संक्रान्तिका अवसरमा विभिन्न परिकारहरु बनाएर खाने प्रचलन अनुसार तरुल, सखरखण्ड, खिचडी लागएतका परिकारहरु तयार गरी कार्यक्रममा प्रसादकोरुपमा बितरण गरिएको प्रदेश सभा सदस्य बेल बहादुर राना मगरले बताउनुभयो । लोप हुन लागेको कला सस्कृतीलाई जगर्ने गर्ने उद्धेश्यले नेपाल मगर संघ दोधारा चाँदनीले ‘माघी मिलन महोत्सव’ संचालन गर्दै आएको उहाँले बताउनुभएको छ् । कला, संस्कृतिका सिप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । नेपाल बिभिन्न कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । कला संस्कृती भेषभुषा देशका अमूल्य सम्पती एवम् मुलुकको पहिचानका महत्वपूर्ण प्रतिक भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको नगर प्रमुख लिम्बुले बताउनुभयो ।

कला संस्कृती भेषभुषाको संरक्षण तथा जर्गेना गर्न दोधारा चाँदनी नगरपालिका कटिबद्ध भएर लागेको बताउदै नगर प्रमुख किशोर कुमार लिम्बुले पछिल्लो समय अधिकांश युवा पुस्ता बाह्य संस्कृतिको प्रभावमा परिरहेका बेला नेपाल मगर संघ दोधारा चाँदनीले आफ्नो समुदायको संस्कृति जोगाउने कार्यमा निरन्तर लागि परेकोमा खुशी ब्यक्त गर्नु गर्नुभएको छ् । कार्यक्रममा बिभिन्न समुदायलाई आकर्षित हुने प्रकारको सांस्कती प्रस्तुती गरिएको थियो ।

‘माघी मिलन महोत्सव– २०८१’ मगर समुदायबाट माध्यमिक शिक्षा परिषद्– २०८० को एसईई परिक्षामा १२ वर्षको उमेरमा नगर क्षेत्रमै उत्कृष्ठ नतिजा ल्याएको बताउदै दोधारा चाँदनी नगरपालिका– ७ का ओंम पुष्प पुन मगर तथा दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको बौद्ध बिहार संरक्षण केन्द्रको सम्बद्र्धन कार्यमा सहयोग पुर्‍याउनु हुने धर्म गुरु खेम्पो बशन्त गुरुङ्गलाई नेपाल मगर संघ दोधारा चाँदनीले प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजक संस्था नेपाल मगर संघले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

भीमदत्तद्धारा शिक्षक दरबन्दी मिलान गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन, एकलाई अपग्रेड ६ लाई मर्ज गर्ने सुझाव

महेन्द्रनगर–भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन तथा विद्यालय व्यवस्थापन सम्बन्धी कार्य गर्न गठन गरेको उच्च ...
इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

इन्धनकाे मूल्य वृद्धिले निर्माण उद्योगमा ‘आपतकाल’ घोषणाको माग

महेन्द्रनगर - पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे भन्दै कञ्चनपुरका निर्माण व्यवसायीहरूले उद्योगमा ‘आपतकाल’ घोषणाको माग गरेका छन् । ...
दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

दैजी-जोगबुडा सडक निर्माण गर्न यस्तो आन्दोलन, मुख्यमन्त्री कार्यालय अगाडि लाश प्रदर्शन

महेन्द्रनगर - दैजी जोगबुडा सडकको दैजी देखि लिपन सम्मको सडकखण्ड निर्माण सम्झौता भएको आठ वर्ष बितेपनि कालोपत्रे नबनेपछि मुख्यमन्त्री...
महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

महेन्द्रनगर - महेन्द्रनगरमा एमाले र नेपाली कांग्रेसले संयुक्त प्रदर्शन गरेका छन् । पूर्व प्रधानमन्त्री एबं नेकपा ...
एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

एमालेका २३ जनसंगठनको चेतावनी : कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण, कार्यान्वयन भए प्रतिरोध हुन्छ

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आ...
४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

४३औ प्रधानमन्त्री शाहको जीवनी यस्तो छ

महेन्द्रनगर – नेपालका ४३औँ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) आयुर्वेदिक चिकित्सक रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज