‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरीको निशुल्क स्वास्थ्य शिविर
पप्पु गुरुङ्ग, दोधारा । सिमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बिचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सिमापार अपराध तथा अवैध गतिविधी नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले ‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सिमामा सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको कञ्चनभोजमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान, कञ्चनपुरले जनाएको छ् । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म देवीस्थान र दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयको सहयोग र सशस्त्र प्रहरी वल, नेपाल एपिएफ बैधनाथ फिल्ड अस्पताल कैलालीको प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको एपिएफ बैधनाथ फिल्ड अस्पताल, कैलालीका प्राविधिक सशस्त्र प्रहरी निरिक्षक नवनित ठाकुरले बताउनुभएको छ् । ‘सिमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सी...












