परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग
डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका वडा नं १२ स्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा रु. ६३ हजार ८ सय १ रुपया सहयोग गरेको छ।
भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बुधबार सहकारीले उक्त सहयोग गरेको हो।
संस्थाका अनुसार विपद्बबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनःस्थापनाका लागि सञ्चालक समिति र कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गरिएको हो।
संस्थाले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेक...













