Advertisement

Day: १ आश्विन २०८३, बिहीबार

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

samachar, अर्थ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा सहित १४ जिल्लामा ठूलो क्षति भएको थियो । बाढी पीडितलाई राहत, उद्धार तथा बेपत्ता नागरीकको खोजीका लागि होली फेमली स्कूल, होली ग्रुप अफ स्कूल, विद्यार्थी र अभिभावकले तिन लाख ३१ हजार ४ सय १६ रुपया सहयोग गरेका हुन् । होली फेमली स्कुलका संस्थापक भुपाल सिंहले बिष्टले दुई लाख, बिद्यार्थीहरुले संकलन गरी ३७ हजार ७ सय ८२, शिक्षक कर्मचारीबाट ५६ हजार ४ सय ६, खडक सिंह बिष्टले १० हजार र बिद्यालयका संचालक हरि भट्टले २७ हजार २ सय १६ रुपया सहित तिन लाख ३१ हजार ४ सय १६ रुपया प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा जम्मा गरेका छन् । होली फेमली स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले सहयोग रकम प्याब्सन मार्फत प्रधानमन्त्री दैबी प्रकोप उद्वार कोषमा सहयोग रकम ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एजुकेशन फाउन्डेसनले शैक्षिक क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास गर्न, नयाँ ज्ञान तथा विचारको आदानप्रदान गर्न र विद्यार्थी तथा शिक्षकलाई अनुसन्धानतर्फ प्रेरित गर्ने उद्देश्यले शनिबार र आईतबार ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन’ गर्न लागेको हो । फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको छ । पत्रकार सम्मेलमा प्लस टु संयोजक राजेश भण्डारीले अनुसन्धान विश्वविद्यालयका लागि मात्र महत्वपूर्ण नभई शिक्षक विद्यार्थी विद्यालयहरुका लागि पनि महत्वपूर्ण हुने बताए । सम्मेलनमा राष्ट्रिय अन्तराष्टिय स्तरका व्यक्तित्वहरुले जजमेन्ट गर्ने उनले बताए । उनले विद्यार्थीहरुको पहिलो चरणको अनुसन्धान भएकाले अन्तराष्ट्रिय स्तरका व्यक्तित्वहरुको सल्लाहसुझाव महत्वप...
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – जिउदो कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ परेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट जिउदै कुकुरलाई सेती नदीमा फाल्ने वडा नं ३ पडेसकी ४२ बर्षिया बिमला देवि रोकायालाई बुधबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हो । करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछाडिको भाग पाकेको र गन्ध आउनुका साथै बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि रोकायाले कुकुरलाई पानकोट पुलबाट सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले महिलालाई हिराशतमा राखेर थप अनुसन्धान गरीरहेको छ ।...
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक दर्शन खड्का सम्मानित भएका छन् । बिहिबार औपचारीक कार्यक्रम गरी वडा प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक दर्शन खड्कालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै सम्मानित गरेको हो । २०८३ साल भाद्र महिनाको ुउत्कृष्ट प्रहरीु घोषित भएका उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले प्रशंसा पत्र प्रदान गरेका छन् । प्रहरी निरीक्षक खड्कालाई कार्यसम्पादन तथा जिम्मेवारी निर्वाहमा गरेको योगदानका आधारमा भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’ सार्वजनिक गरिएको छ। कञ्चनपुरको भीमदत्तनगर–३ महेन्द्रनगर स्थित ममताज काजबारले  पत्रकार सम्मेलन गरी सुप थालि सार्वजनिक गरिएको हो । सुप थालीमा बटुक, माणा, डूब्का, फापरको रोटी, गौतानि, भाङको चट्नी लगायतका विभिन्न सुदूरपश्चिमेली परिकार हुने ममताज काजबारका प्रबन्ध निर्देशक धिरज चन्दले बताए । नेपाली खानपानको बजारमा थकाली र नेवारी खानाको व्यापक चर्चा भइरहेका बेला सुदूरपश्चिमका ऐतिहासिक तथा सांस्कृतिक परिकारलाई समेत पहिचान दिलाउने उद्देश्यले ‘सुप थाली’ ल्याइएको उनले बताए । प्रबन्धक चन्दले खानालाई पेट भर्ने माध्यम मात्र नबनाई भूगोल, संस्कृति र पहिचानको संवाहकका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए । ‘सुप थाली’मा सुदूरपश्चिमको पहिचान बोकेका डुक्का, मा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज