संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई
धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई गरेको छ । शुक्रबार मन्त्रालयले मन्त्रालय परिसर, मुख्यमन्त्री निवास वरपर रहेको झाडी तथा फोहोर सरसफाई गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको अगुवाइमा गरिएको सरसफाई कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट(सरल), राज्यमन्त्री जानकीदेवी कुँवरको सहभागिता रहेको थियो ।
सरसफाईमा सहभागी मुख्यमन्त्री भट्टले जनताको सेवा गर्ने कार्यालय कार्य सम्पादनका दृष्टिले मात्र नभइ आँखाले देखिने, कानले सुनिने तथा जनताले महसुस गर्ने हुनुपर्ने बताए ।
उनले भने ‘यहाँको झाडी हेर्दा सरकारी कार्यालय हो की,मसानघाट हो भन्ने अवस्था बनेको छ । यस्तो हुनु हुँदैन् ।’ त्यस्तै,मुख्यमन्त्री भट्टले नेपाल...












