आप्रवासी श्रमिक दिवसको अवसरमा लक्ष्मी माबिका बिद्यार्थीहरुलाई माईतीको अनुशिक्षण
दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा बिद्यार्थीहरुलाई एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयका कक्षा ११ र १२ का छात्र, छात्राहरुलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी कानुनी अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा बिद्यार्थीहरुलाई कानुनी अनुशिक्षण गरिएको संयोजक महेश्वरी भट्टले बताउनुभयो ।
मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्री गर्ने, प्रचलित कानून बमोजिम...













