टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट
महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ। करिब डेढ महिनादेखि विद्युत् समस्या समाधान नभएपछि स्वास्थ्यकर्मीहरू टर्चलाइटको सहारामा समेत प्रसूति सेवा दिन बाध्य छन ।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी शान्ति पन्तले सामाजिक सञ्जालमार्फत २४सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने भए पनि विद्युत् अभावका कारण सेवा प्रवाह निकै कठिन बनेको बताएकी छन्। उनले स्वास्थ्य चौकीमा रातिको समयमा प्रसूति सेवा दिनुपर्दा टर्चलाइटको भर पर्नुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन्।
उनका अनुसार टर्चलाइट चार्ज गर्न समेत करिब ३० मिनेट पैदल हिँडेर अर्को स्थानमा जानुपर्ने बाध्यता छ। एकपटक चार्ज गरिएको टर्चलाइट तीनदेखि चार घण्टासम्म मात्र चल्ने भएकाले आकस्मिक सेवा सञ्चालनमा समस्या हुने गरेको छ।
“स्वास्थ...











