Advertisement

चैत २५ गते महेन्द्रनगरमा ‘एड–टेक राउन्डटेबल’को आयोजना हुदै

रिदम पन्त, महेन्द्रनगर : महेन्द्रनगरमा चैत्र २५ गते ‘एड–टेक राउण्डटेवल’ आयोजना गरीएको छ । ‘फर दी फ्युचर अफ एजुकेसन ईन नेपाल’ भन्ने मुल नाराकासाथ नोट स्विप्ट प्रालीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
शनिबार महेन्द्रनगरमा नोट स्विप्ट प्रालिका संथापक विकास पाण्डेयले पत्रकार सम्मेलनको आयोजना गरी ग्रामिण शिक्षा प्रणालीमा विद्यमान चुनौतीहरु पहिचान गर्दै दिगो प्रविधिमैत्री समाधान विकास गर्ने उदेश्यका साथ ‘एड–टेक राउण्डटेवल’ कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई आधार बनाई शिक्षा क्षेत्रमा काम गरीरहेका प्रतिष्ठित दश जना विज्ञहरु सहभागि हुने बताउनुभयो । कार्यक्रममा प्रतुत भएका दश जना विज्ञहरुका अनुभव, चुनौती र समाधानका लागि नितिनिर्माणका लागि दिने सल्लाह सुझावलाई ग्रिहमन्त्रीसहित प्रधानमन्त्रीलाई बझाउने संस्थापक पाण्डेयले बताउनुभयो । प्यानल डिस्कसनमा प्रविधिले शिक्षालाई कसरी दिगो बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल हुने बताउनुभयो । ‘प्यानलस डिस्कसनमा प्रविधिले शिक्षालाई कसरी दिगो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ,’ उहाँले भन्नुभयो ‘नेपालको शिक्षालाई अवको पाच बर्षमा विश्वस्तरमा चिनाउनका लागि कस्ता खालका शिक्षा नितिको आवश्यकता छ ?, आजको शिक्षा क्षेत्रको चुनौती के हुन ? लगायत विषयमा नै केद्रित भएर प्यानल डिस्कसन हुनेछ ।’
कार्यक्रम प्रत्यक्ष दर्शकबिना डिजिटल माध्यमबाट प्रसारण गरिने र यसले नीति निर्माताहरू र शिक्षा प्रवद्र्धकहरूलाई शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने लक्ष्य राखेको संस्थापक पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रमका मुख्य उद्देश्यहरूमा ग्रामीण नेपालका शैक्षिक चुनौतीहरू पहिचान गर्ने, नेपालको आवश्यकता अनुरूप नवीन एड–टेक समाधानहरू खोज्ने, प्रविधिलाई शिक्षाको अभिन्न अङ्ग बनाई परम्परागत शिक्षा प्रणाली परिमार्जन गर्ने र नीति निर्माताहरूलाई डिजिटल शिक्षामा लगानी बढाउन प्रेरित गर्ने रहेका छन् ।
कार्यक्रमबाट ग्रामीण नेपालका शैक्षिक अवस्थाको विस्तृत प्रतिवेदन, नीति निर्माणमा एड–टेक समाधानहरू समावेश गर्न सिफारिस, शैक्षिक संस्था र नीति निर्माताहरूबिच समन्वय, नेपालको शिक्षा प्रणालीको डिजिटल रूपान्तरणका लागि कार्य योजना र डिजिटल माध्यमबाट शैक्षिक समानताको प्रवद्र्धन जस्ता अपेक्षित परिणामहरू प्राप्त हुने आयोजकले जनाएको छ ।
त्यसैगरी स्विप्टका सिईयो विकास भट्टले सुदूरपश्चिममा कक्षा दशमा पुगेका विद्यार्थीहरुमा प्रविधि कसरी प्रयोग गर्ने सम्म पनि जानकारी नभएको बताउनुभयो । ‘हामीले एउटा सर्वे गरेका थियौ, जसबाट के कुरा पत्ता लागायौ भने कक्षा १०मा पुगेका विद्यार्थीहरुलाई एप भनेको के हो ? यसलाई कसरी ईनस्टल गर्ने भन्नेसम्मको ज्ञान पनि नभएको पायौ,’ उहाँले भन्नुभयो ‘हामीले पाईलट अध्ययनकोरुपमा कञ्चनपुरका २६ सरकारी विद्यालयका १५०० विद्यार्थीमाथि सर्वेक्षण गरेका थियौ ।’
नोट स्विप्टले कक्षा ८ देखि कक्षा १२ का विद्यार्थीहरुको परीक्षाको नतिजामाा सुधार ल्याउने उदेश्यका साथ विगत ३ बर्षदेखि निशुल्क अध्ययनका लागि नोट बनाएर वितरण गर्दै आईरहेकोछ । यस कम्पनीले वेवसाईटबाट अहिलेसम्म झण्डै २५ लाख विद्यार्थीले फ्रि नोट अध्ययन गरेको तथ्यांकले देखाएको छ ।
कार्यक्रमका प्रमुख वक्ताहरूमा फारवेस्टर्न युनिभर्सिटी, इन्जिनियरिङ सङ्कायका डीन प्रा.डा. किशन दत्त भट्ट, राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखा अधिकृत राम दत्त भट्ट, सार्क एजुकेसनल फाउन्डेसनका सिइओ डा. लक्ष्मण बस्नेत, ब्रिक्सटन कलेजका एकेडेमिक एडभाईजर निशा भट्ट, वेदा एपका सिइओ निर्देशक नृद्रेश वेदा, लक्ष्मी माविका प्रधानाध्यापक प्रमानन्द नाथ, नोट स्विफ्टका संस्थापक विकास पाण्डेय रहेका छन् भने कार्यक्रमको सहजीकरण नोट स्विफ्टका सिओओ विशाल भट्टले गर्नेछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज