नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध
महेन्द्रनगर–नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ कञ्चनपुरको अध्यक्षमा गोविन्द थापा निर्विरोध चयन भएका छन् । शनिबार नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न भएको नेपाल खेलकुद महासंघ कञ्चनपुरको दोस्रो जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा १३ सदस्यीत कमिटि निर्विरोध गठन भएको हो ।
दोस्रो जिल्ला अधिबेशनबाट उपाध्यक्षमा सरोज बैज्य र अमित कुमार विक चयन भएका छन् । त्यस्तै सचिवमा खगेन्द्र विष्ट तथा उपसचिवमा ललिता कुवर र राजेन्द्र कुमार काकी निर्वाचित भएका छन् । कोषाध्यक्षमा खगेश्वरी चन्द निर्विरोध चयन भएका हुन् । त्यसैगरी सदस्यमा आशिष धामी, दीपेन्द्र भण्डारी, किसान सिंह महत, भान सिंह भण्डारी, राजेश रैकाल र ललित खडायत सर्वसम्मतरुपमा चयन भएका छ ।
अधिबेशनमा नेकपा एमाले जिल्ला ईन्चार्ज निरुदेवि पाल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अधिबेषनमा नेकपा एमाले नेता नर बहादुर धामी, जिल्ला अध्यक्...
















