Advertisement

गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा

महेन्द्रनगर–कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट उपाध्यक्षका उम्मेदवार भट्ट अहिले चुनावी मैदानमा उत्रिएका छन । उनी आफ्नो सिङ्गो प्यानल र आफुलाई जिताउन मतदातासंग भेटघाट छलफलमा व्यस्थ छन ।
डेढ दशकदेखि प्रत्यक्ष निर्माण व्यवसायको क्षेत्रमा कार्यरत युवा अब्बल निर्माण व्यवसायी भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्ष पदको प्रभावशाली उम्मेदवार हुन । भट्ट नेशनल कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन । ११बैशाख ०७६सालमा सम्पन्न भएको निर्माण व्यवसायी संघको १३औँ कार्य समितिको सदस्यमा निर्वाचित भएका भट्ट दोस्रो पटक २५ भदौँ ०७९ सालमा सम्पन्न भएको १४औँ कार्य समितिको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएका थिए । अब २१ भदौँ ०८२ मा १५औँ कार्य समितिका लागि हुने निर्वाचनमा उनी तेस्रो पटकको प्रयासमा उपाध्यक्षको दौडमा देखिएका हुन ।
डेढ दशककै अवधिमा भट्टले विभिन्न सरकारी, गैर सरकारी निकायबाट समयमै गुणस्तरिय काम सम्पन्न गरेको भन्दै पुरस्कार पाएका छन । २८ फागुन ०७९ सालमा नेपाल निर्माण व्यवसायी महासंघले नै भट्टलाई गोल्डमिडिलिष्ट अवार्ड ०७९ बाट पुरस्कृत गरेको थियो । यसका साथ महाकाली जनसेवा मावि भीमदत्त नगरपालिका ७हल्दुखाल, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर, शहरी विकास तथा भवन निर्माण विभाग धनगढी, यातायात व्यवस्था कार्यालय महेन्द्रनग र महाकाली प्रादेशिक अस्पतालबाट पुरस्कार एव सम्मानित भएका थिए । महाकाली प्रादेशिक अस्पतालबाट दुई पटक पुस्कृत भएका छन । उक्त कार्यालयबाट समयमै गुणस्तरिय, सम्झौता अनुरुप राम्रो काम गरेको भन्दै भट्टलाई पुरस्कृत गरिएको हो । काम नगर्ने निर्माण व्यवसायीबाट हैरानी खेपेका सरकारी, गैर सरकारी कार्यालय सर्वसाधारणको नजरमा युवा अब्बल निर्माण व्यवसायी भट्ट उत्कृष्ट काम गरे बाफत जहाँको कामको जिम्मा पायो, त्यही पुरस्कृत हुँदै आएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरका पुर्व अध्यक्ष समेत रहेका बरिष्ठ निर्माण व्यवसायी धर्मानन्द भट्टका कान्छा पुत्र भट्ट बाबुकै प्रेरणाबाट समेत निर्माण व्यवसायी क्षेत्रमा सकृय छन ।
जहाँ काम गरेपनि अब्बल काम गरेर हाईहाई बटुलेका निर्माण व्यवसायी भट्ट उपाध्यक्षका लागि चुनावी मैदानमा देखिएपछि उनी निर्माण व्यवसायी मात्रै नभई समाजिक क्षेत्रबाट समेत साथ सर्मथन पाईरहेका छन । बजार व्यवस्थापनमा स्नाकोत्तर९माष्र्टरडिग्री० गरेका युवा निर्माण व्यवसायी भट्टले स्वदेशकै केही गर्नुपर्छ भन्ने विचारका साथ निर्माण क्षेत्रमा काम गर्दै आएका छन । उनले आम जिल्लाका निर्माण व्यवसायीको हकहितका लागि काम गर्दै निर्माण व्यवसायी पेशालाई अब्बल, मर्यादित देश विकास निर्माणका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन । उपाध्यक्ष पदका उम्मेदवार भट्टले आफु सहित प्यानल जिताउन अपिल समेत गरेका छन ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज