गोल्डमिडिलिष्ट युवा निर्माण व्यवसायी दिपक भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघ उपाध्यक्षको दौडमा
महेन्द्रनगर–कञ्चनपुरका युवा निर्माण व्यवसायी दिपक भट्ट संघको पदाधिकारीकोे दौडमा देखिएका छन । आउँदो २० र २१ भदौँमा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्यकारी समितिका लागि हुने निर्वाचनमा भट्ट उपाध्यक्ष पदका उम्मेदवार हुन । निरञ्जन प्रशाद भट्ट प्यानलबाट उपाध्यक्षका उम्मेदवार भट्ट अहिले चुनावी मैदानमा उत्रिएका छन । उनी आफ्नो सिङ्गो प्यानल र आफुलाई जिताउन मतदातासंग भेटघाट छलफलमा व्यस्थ छन ।
डेढ दशकदेखि प्रत्यक्ष निर्माण व्यवसायको क्षेत्रमा कार्यरत युवा अब्बल निर्माण व्यवसायी भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको उपाध्यक्ष पदको प्रभावशाली उम्मेदवार हुन । भट्ट नेशनल कन्स्ट्रक्सन प्रालिका निर्देशक हुन । ११बैशाख ०७६सालमा सम्पन्न भएको निर्माण व्यवसायी संघको १३औँ कार्य समितिको सदस्यमा निर्वाचित भएका भट्ट दोस्रो पटक २५ भदौँ ०७९ सालमा सम्पन्न भएको १४औँ कार्य समितिको निर्वाचनमा कोषाध्यक्षमा न...














