Advertisement

Breaking News 1

बेलौरीका जेनजी समुहद्धारा करार कर्मचारी बर्खास्त गर्ने लगायतका ६ बुदे मागसहित सिडियोलाई ज्ञापन पत्र

बेलौरीका जेनजी समुहद्धारा करार कर्मचारी बर्खास्त गर्ने लगायतका ६ बुदे मागसहित सिडियोलाई ज्ञापन पत्र

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर : कञ्चनपुर जिल्लाको बेलौरीका जेनजी समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएका छन् । बिहीबार जेनजी समुहले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ६ बुदे मागसहित ज्ञापन पत्र बुझाएको होे । जेनजी बेलौरीका सयोजक केशव कुमार बोहराले सुशासन, भ्रष्टाचार बिरुद्धमा निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि बेलौरी नगरपालिकाले चासो नदिएपछि जिल्ला प्रशासनलाई गुहार गरेको बताए ।   उनका अनुसार ८ बर्षदेखि भारतीय पक्षले बेलौरी नगरपालिका ८ पचुई स्थित अबरुद्ध हुलाकी सडक शुचारु गरिदिनुपर्ने, पहुँचका आधारमा नगरपालिकामा भर्ना गरिएका कर्मचारी हटाउनुपर्ने, कर्मचारीको विवरण माग, जेनजी चोक स्थापना, मुलगेटमा निरन्तर आन्दोलन गर्ने, कर्मचारीलाई कार्यालय प्रवेश रोक लगाउने लगायतका सुशासनदेखि भ्रष्टाचार बिरुद्धमा मुद्दा अघि सारेका छन । विवादित कर्मचारीहरुलाई नगरपालिकाले उल्टै सरक्षण ग...
होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

होलीको रकमबाट पत्रकार रनी विवशलाई उपचार खर्च

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ । जिल्लाका क्रियाशिल पत्रकारले गत बर्ष ०८१ चैत्रमा होली खेलेको रकमबाट पत्रकार विवशलाई उपचार गर्न सहयोग गरिएको हो । पत्रकार विवश केही दिनदेखि पेटको बिरामीले महाकाली अस्पतालमा बेड भर्ना भएका छन । आर्थिक अभावले थला परेका पत्रकार विवशलाई क्रियाशिल पत्रकारको टोलीले उपचार खर्च सहयोग गरेको छ। क्रियाशिल पत्रकारका अगुवा एव नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले पत्रकार विवशलाई नगद ५ हजार औषधी खर्च हस्तान्तरण गरेका छन । विकल्प दैनिकका सम्पादक पत्रकार विवश एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य हुन । होलि खेलेर उठेको रकमबाट यस अघि जिल्लाका अन्य पत्रकारलाई उपचार खर्च गरिएको थियो । दुई दशक बढि समयदेखि पत्रकारिता गर्दै आएका उनी समसामयिक समाजिक, आर्थिक, साँस्कृतिक विषय उठान गर्दै आएका छन । सहकर्मी ...
बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ । ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं,’ अखिलका महासचिव दीपक धामीले भने । आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने उनले बताए । ‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौं,’ उनले भने ।...
माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

माताकुटियामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव लाग्ने

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–कञ्चनपुरको माताकुटियामा कञ्चनपुर धार्मिक महा महोत्सव २०८२ लाग्ने भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ८ तिलाचौरस्थीत श्री सिद्धनाथ मान्दिर(माताकुटिया)मा असोज २१ गतेदेखि २८ गतेसम्म मन्दिर संरक्षण समितिको आयोजनामा कञ्चनपुर श्री सिद्धनाथ धार्मिक महा महोत्सव–२०८२ संचालन हुने भएको हो । आईतबार सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख पुजाराले मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी धार्मिक महा महोत्सव २०८२ संञ्चालन बारे जानकारी दिए । उनले पत्रकार सम्मेलनमा धार्मिक महोत्सवको असार देखि तयारी सुरु गरीएकोमा सात हजार घरधुरीमा घरदैलो गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मन्दिरको चौतर्फि विकासको उदेश्य राखेर महा महोत्सवको आयोजना गरीएको बताएका अध्यक्ष पुजाराले घेरवार लगायतका कार्य सुरु गरीएको बताए । महायज्ञको समापनको दिन मुल गेटको समुद्धघाटन गरीने समेत बताए । ‘हामीले म...
‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

‘हपुज तडका घुईयाघाट’ महेन्द्रनगरमा

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखा महेन्द्रनगरको भाषिमा संञ्चालनमा आएको छ । कैलालीको धनगढी बजारमा लोकल कुखुराको परिकारका लागि चर्चित रहेको ‘हपुज तडका घुईयाघाट’ रेष्टुरेन्टको शाखाकोरुपमा महेन्द्रनगरको भाषिस्थीत महेन्द्र हाईवेईमा(चेतन होटलनजिक) आईतवारदेखि संञ्चालनमा आएको हो । दिनेश राना, भुवन मल्ल लगायतका युवाहरुको संयुक्त लगानीमा संञ्चालन गरीएको उक्त रेष्टुरेन्टमा लोकल कुखुराका विभिन्न स्वादका परिकार सहित माछाका परिकारसमेत लिन सकिनेछ । हपुज तडकाका संचालक दिनेश रानाले धनगढीमा दुई शाखासंगै महेन्द्रनगरमा समेत शाखा विस्तार गरेको बताए । उनले विभिन्न स्वादमा परिकार पाईनुका साथै माछाको परिकारपनि पाईने बताए । अर्का संचालक भुवन मल्लले महेन्द्रनगर क्षेत्रका ग्राहकको माग र आवश्यकताका आधारमा उक्त रेष्टुरेन्ट खोलिएको बताए । उनले लोकल कुखुराको विभिन्न परिकारको स्वाद लिनका लागि ‘हपुज तडक...
कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै

कञ्चनपुरका १३ जना कहा“ गएहोलान् ? जिल्ला प्रहरीले खोजी गर्दै

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - कञ्चनपुरका १३ जना मानिस साउनदेखि हराईरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएको साउन महिनादेखि असोज १२ गतेसम्मको समयावधिमा ६ महिला, २ बालक र ५ जना बालिका गरी १३ जना मानिस हराईरहेकाहुन । जिल्ला प्रहरी कार्यालयमा ३६ जना मानिस हराएको निवेदन आएको भएपछि प्रहरीले २३ जना मात्रै खोजी तालासी गर्न सकेको छ । जिल्लामा १५ जना महिला, ९ जना बालक र १२ जना बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक(एसपि) खड्क बहादुर खत्रीले बताए । उनले साउनदेखि असोजसम्म ३६ जना मानिस हराएको निवेदन परेकोमा २३ जनाको खोजी गरी परिवारको जिम्मा लगाईएको बताए ।...
पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

पूर्व प्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ–सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । सरकारले जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा पूर्व प्रधानमन्त्री ओलीसहित तत्कालिन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ । गत २३ भदौको जेन–जी आन्दोलनक्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ भने । सयौको संख्यामा घाईतेको विभिन्न अस्पतालमा उपचार भईरहको छ ।...
निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार तथा सपथ लिए

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – निर्माण व्यवसायी संघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारी सदस्यले सपथ ग्रहण तथा पदभारग्रहण गरेका छन । गत २१ भदौँमा संघको १५औँ कार्य समिति चयनका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारी एव सदस्यले सोमबार निर्माण व्यवसायी संघको सभाकक्षमा सपथ ग्रहण तथा पदभारग्रहण गरेका हुन । निर्वाचन संयोजक पदमराज भट्टले अध्यक्ष अवस्थीलाई सपथ ग्रहण गराएका थिए । त्यसैगरी अध्यक्ष अवस्थीले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । कार्यक्रममा नव निर्वाचित अध्यक्ष पुष्पराज अवस्थीले समग्र जिल्लाभरीका निर्माण व्यवसायीको हकहितमा काम गर्ने प्रण गर्दै संघलाई एकढिक्का बनाएर लग्ने बताए । कार्यक्रममा निर्वतमान अध्यक्ष निरञ्जन प्रशाद भट्टले आफ्नो कार्यकालमा व्यबसायीकोे हकहितका लागि गरएिका कामलाई नयाँ समितिले निरन्तरता दिने आशा ...
सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

सुप प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता हुदै

Breaking News 1, samachar, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–मंगलबारदेखि सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघको आयोजनमा प्रदेशस्तरीयत खुला कराँते प्रतियोगिता हुदैछ । खेलाडीहरुले निरन्तर अभ्यास गरेतापनि आफ्नो कला प्रदर्शन र परिक्षण गर्ने थलोको अभाव खट्कीरहेको बेला खेलाडीहरुको मनोबल उच्च राख्नकालागि प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । सुप प्रदेश सितोरियो कराते संघका संयोजक ओमकार गिरीले खेलाडीहरुमा आत्मवल बढाउन र पलायन हुनबाट रोक्नका लागि उक्त प्रतियोगिता आयोजना गरीएको बताए । प्रतियोगिताका सम्पूण खेलहरु महेन्द्रनगरको कर्बडहलमा संचालन हुनेछ । प्रतियोगितामा उमेर र तौल समुह अनुसार खेलाडीहरुविच प्रतिस्पर्धा गराईनेछ । तौलसमुह तर्फ २५ र ८५ किलो माथि र उमेर तर्फ १०, १३, १६, १९ बर्षमुनी र १९ बर्षमाथि उमेर समुहविच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । कञ्चनपुर, कैलाली सहित सुदूरपश्च्मि प्रदेशका पहाडी जिल्लाबाट खेलाडीहरुले स...
पौने पाँच क्विन्टल गाँजा सहित दुई जना पक्राउ

पौने पाँच क्विन्टल गाँजा सहित दुई जना पक्राउ

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
धनुसा–धनुसा जिल्लाको विदेह नगरपालिका–३ जोगियाराबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ का २४ बर्षिय बिराज गुम्बार बाँके कोहलपुर पार्वतीपुर बस्ने १८ बर्षिय किशोर ४ सय ७५ किलोग्राम गाजासहित पक्राउ परेका हुन् । वीरेन्द्रबजारबाट आउँदै गरेको प्र.३÷०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीमा लागूऔषध गाँजा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरीले गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ विरेन्द्र बजारबाट चालक विराज र सहचालक किशोरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएपछि मात्रै उनीहरूले धरानबाट उक्त गाडीमा लागूऔषध गाँजा ल्याई विदेह नगरपालिका–३ जोगियारास्थित ईट्टा भट्टामा राखेको भन्ने खुलेको र त्यसपछि मात्रै उक्त स्थानबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज