कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट
महेन्द्रनगर–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशउत्कृष्ट बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१ दशमलव ६ प्रतिशत अंक पाएर उत्कृष्ट हुन सफल भएको हो । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो । अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यसपटक दोस्रो भएको छ । उसले ५० दशमलव ९ अंक प्राप्त गरेको छ । यस्तै, ४५ दशमलव ६ अंक पाएको बागमती तेस्रो, ४१ दशमलव ६ अंक पाएको कर्णाली चौथो, ४० दशमलव ८ अंक पाएको गण्डकी पाँचौँ, ३५ दशमलव ९ अंक पाएको लुम्बिनी छैटौँ र ३० अंक पाएको मधेश पुछारमा छ ।
यस्तै स्थानीय तहहरुमा देशभरमा डडेल्धुराको अमरगढी नगरपालिका पहिलो भएको छ । अमरगढी नगरपालिकाले ८१ दशमलव ७ अंक ल्याएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै उत्कृष्ट पाँच स्थानीय तहमा अमरगढीसँगै इलामको सूर्योदय नगरपालिका, अर्घाखाँ...




















