नौ लाखबढि रुपया बरावरका भन्सार छलीका सामान बरामद
महेन्द्रनगर–कञ्चपनुर जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले विभिन्न ठाउबाट गरी झण्डै नौ लाख बढि मूल्यबरावरको समान बरामद गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईप्रका बेलौरीबाट खटिएकोको प्रहरी टोलीले ३ लाख ३ हजार ४ ८० रुपया र जिल्ला प्रहरी कार्यालयबाटै खटिएको प्रहरी टोलीले ६ लाख, ५९ हजार ४ सय मूल्य बरावरको गरेको गरी ९ लाख ६२ हजार ८८० मुल्य बरावरको भन्सार छलीको समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा ईन्सपेक्टर जमुना जोशीले भाडाकुडा, फ्लेबर, बिजुलीका समान, सुर्ति, तेल, प्याज, पेयपदार्थ, चक्लेटलगायतका समाग्रि बरामद गरिएको बताउनुभयो ।
भन्सार छलीको समाग्रि संगै एक थान मोटरसाईकल पनि बरामद गरीइएको ईन्सपेक्टर जमुना जोशीले जानकारी दिनुभयो । उहाका अनुसार थप कारबाहिका लागि बरामद गरीको समान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ । उक्त बरामद गरी...




















