लालझाडी गाउँपालिकाको १८औँ गाउँसभा : ४३ करोड ६५ लाख बराबरको बजेट पारित
हरीशचन्द्र बाग, महेन्द्रनगर–कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गर्दै १८औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ ।
गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष निर्मल रानाको अध्यक्षतामा सोमबार आयोजित अधिवेशनको तेस्रो बैठकले चालू तथा पूँजीगत खर्चसहितको बजेट पारित गर्दै आगामी वर्षका प्राथमिकता र योजनाहरू तय गरेको हो । यसअघि यही असार ०६ गते आयोजित पहिलो बैठकमा सभाध्यक्ष निर्मल रानाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई सोही बैठकले सर्वसम्मत पारित गरेको थियोे ।
कूल बजेट ४३ करोड ६५ लाख ।।
गाउँ सभामा उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको विवरण अनुसार गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि कूल अनुमानित बजेट ४३ करोड ६५ लाख २२ हजार रुपैयाँ रहेको छ । त्यसमध्ये २३ करोड ९९ लाख २६ हजार रुपैयाँ चालू खर्च र १९ करोड ६५ लाख ९६ हज...




















