Advertisement

सुदूरपश्चिम

महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको नयाँ कार्यसमिति चयन गर्न असार ७ गते निर्वाचन हुने

महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको नयाँ कार्यसमिति चयन गर्न असार ७ गते निर्वाचन हुने

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर–महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको नयाँ कार्यसमिति चयन गर्न असार ७ गते निर्वाचन हुने भएको छ । महाकाली यातायात बहुउद्देश्यीय कम्पनि प्रा।लि। को दोस्रो साभारण सभाको बन्द सत्रबाट असार ७ गते चुनाव तोकेको हो । समितिमा ५ सय १८ व्यवसायी मतदाता छन् । बन्द सत्रबाट निर्वाचन मण्डल गठन गरिएपछि निर्वाचन कार्यक्रम बढाउने समितिका कार्यालय प्रमुख मदन बहादुर क्षेत्रीले जानकारी दिए । हरिश थापा मुख्य निर्वाचन अधिकृत रहेको समितिमा सञ्जिवचन्द्र भट्ट र मदनराज पाण्डेय सदस्य छन् । बन्द सत्रले थापा नेतृत्वको समितिलाई चुनाव गराउने जिम्मा दिएको हो । सरकारले यातायात व्यवसायी समितिलाई कम्पनीमा लग्ने निर्णय भएपछि तत्कालिन महाकाली सेती यातायात वस व्यवसायी समिति यातायात बहुउद्देश्यीय कम्पनी प्रा।लि।मा रुपान्तरण भएको थियो । सर्वोच्च अदालतले २०८० जेठमा कम्पनीमा जानु पर्ने सरकारको निर्णय खारेज...
महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु

Breaking News 2, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर - महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्राली को दोस्रो साधारण सभा सुरु भएको छ ।   बुधबार महेन्द्रनगरमा महाकाली यातायात बहुउद्देश्यीय कम्पनीको दोस्रो साधारण सभा सुरु भएको छ । कम्पनीका अध्यक्ष डम्बर दत्त पन्त को सभापतित्व तथा नेपाल यातायात राष्टिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरको प्रमुख अतिथ्यता रहेको छ ।   त्यसैगरी विशिष्ट अतिथिमा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल , जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रमुख तथा एसपी खड्क बहादुर खत्रीलगायत विशिष्ठ अतिथि रहेका छन् ।   नेपाल यातायात राष्टिय व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले पानसमा बत्ती बालेर साधारण सभाको समुद्घाटन गरेका छन् । कार्यक्रममा विभिन्न यातायात क्षेत्रका दिग्गज व्यक्तित्व अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प...
‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

‘दैजी–जोगबुडा सडक’ निर्माण कम्पनीको दुहुनो गाई

Breaking News 1, samachar, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर –  गत वैशाखको ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ । तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ । अझ रोचक विषय त के छ भने सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपयाँ रकम भुक्तानी लिईसकेको छ । यो सडक समयमै निर्माण नहुदा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाका वासिन्दाले सास्ती पाउने गरेका छन् । चार पटक प्रधानमन्त्री भईसकेका शेर बहादुर देउवा भने काठमाण्डाको एसीमा वसेर रमाएकै छन् । विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजार रुपयामा ठेक्का सम्झौता भएको उक्त सडक आठ बर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।...
पूर्व मुख्यमन्त्री सोडारी निलम्बनमा

पूर्व मुख्यमन्त्री सोडारी निलम्बनमा

samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशसभामा नेकपा(एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ। प्रदेशसभाको सोमवारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको बेहोरा जानकारी गराए। प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेशसभामा अब सो पार्टी तीन प्रदेशसभा सदस्यमा सीमित भएको छ। तत्कालीन नेकपा विभाजन हुँदा नेकपा (एमाले)बाट प्रदेशसभा प्रतिनिधित्व गर्ने अधिकांश सदस्य सोडारीको नेतृत्वको पार्टीमा लागेका थिए। सोडारीलाई पदको दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।...
बैतडीमा जिप दुर्घटना हुँदा ड्राईभरले हाम फालेर बचाए ज्यान

बैतडीमा जिप दुर्घटना हुँदा ड्राईभरले हाम फालेर बचाए ज्यान

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – बैतडीमा जिप दुर्घटना भएको छ । अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जिप पुर्चौडी नगरपालिका–६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। जिप चालक बझाङको बित्थडचिर गाउँपालिका२ का हरिसबहादुर खड्काले हाम फालेर ज्यान जोगाएका छन् । जिपमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ । किराना सामान बोकी गइरहेको अवस्थामा उकालोमा चढ्न नसकेर ब्याक हुदा जिप ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
इन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर, २ सय ५५ विद्यार्थी लाभान्वित

इन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर, २ सय ५५ विद्यार्थी लाभान्वित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर - कंचनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ । विद्यालयले शैक्षिक क्यालेण्डर अनुरुप शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको विद्यालयले जनाएको छ । नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ चिकित्सहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।   नाक, कान घाटी सर्जन डा. प्रशान्त भट्ट र डा. सृष्टी श्रेष्ठले स्वाथ्य परीक्षण एव परामर्श दिएका थिए । विद्यालयले २ सय ५५ विद्यार्थीको निःशुल्क स्वाथ्य परीक्षण गरिएको जनाएको छ ।   विद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बूले विद्यार्थीको बेला बेलामा विद्यालयमै स्वास्थ्य परीक्षण गराउँदै आएको बताए । अध्यक्ष लिम्बूले नियमित पठन पाठनका कृयाकलापमा सहजताका लागि विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गराएको बताए ।   विशेषज्ञ चिकित...
भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि

भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
पार्वती बोहरा, महेन्द्रनगर– भारतबाट फर्केका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कलालीको गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका ३ जना र बैतडीस्थति जुलाघाट नाकाबाट हुदै भारतबाट फर्केका एक जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ । जुलाघाट नाका हुँदै फर्केका १९ जनामध्ये एक जनाको र गौरीफन्टा नाकाबाट फर्केका ५८८ जनामध्ये २७ जनाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा चार जनामा कोरोना ‘पोजेटिभ’ आएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार कोरोना सङ्क्रमित चारै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट नेपाल फर्केका पाच जनामा कोरोना पोजिटिभ देखिएको थियो भने बुधबार मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जन...
वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर–वडास्तरीय बाल क्लब लाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरको ९÷११ होटलमा भीमदत्त नगरपालिका वडा नं १८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बालबालिकालाई नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले तालिम प्रदान गरिएको बताए । बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भविष्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई अहिले देखी नै दक्ष बनाउने उदेश्यले बाल क्लबका सदस्यहरुलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एबम् प्रहरी उप रिक्षक खड्क बहादुर खत्री, योगाचार्य सुरेन्द्र ओझा र भीमदत्त...
बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

बेदकोट नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा

Breaking News 1, samachar, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
महेन्द्रनगर– कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता नगरपालिका घोषणा गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रम गरी जिल्लाको बेदकोट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरीएको हो । जिल्लामा सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको निरन्तरता घोषणा गर्ने क्रममा बेदकोट नगरपालिकामा यो कार्यक्रम गरीएको जिल्ला समन्वय प्रमुख दुर्गादत्त बोहराले बताए । यसले पालिकाभरीमा रहेका सबै बालवालिकाले सवै प्रकारका खोप पाएका छन भन्ने बुझिने भन्दै समन्वय प्रमुख बोहराले बेदकोट नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा खोप कार्यक्रममा सहभागि हुने २० जना स्वयमसेविका, वडा अध्यक्ष, स्वास्थ्यकर्मी, स्वस्थ्इ संस्थ्याका प्रमुख हरुहरुलाई दोसल्ला ओडाएर अविर टिका लगाएर सम्मान गरीनुका साथै सम्मान पत्र प्रदान गरीएको बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमु...
महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

महेन्द्रनगर मावि साधारण उत्कृष्ठ विद्यालय पुरस्कारबाट सम्मानित

Breaking News 2, samachar, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्याल(साधारण) उत्कृष्ठ विद्यालय पुरस्कार २०८२ बाट सम्मानित भएको छ । पोखरामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट महेन्द्रनगर माविले उत्कृष्ठ विद्यालय पुरस्कार पाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टलाई उक्त पुरस्कार प्रदान गरे । पुरस्कार पाएपछि प्रतिक्रिया दिदै अध्यक्ष विष्टले विद्यालयको शैक्षिक र भौीतक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको बताए । ‘यो सम्मान ग्रहण गर्न पाउँदा गौरवको अनुभूति भयो, हामी अत्यन्तै खुसी छौ, यसले आगामी दिनमा विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि काम गर्न थप हौसला मिलेको छ’ पुरस्कार ग्रहणपछि अध्यक्ष विष्टले भने ।   उनले विद्यालयलाई सुदूरपश्चिममै उत्कृष्ठ बनाउन प्रत्यक्ष अ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज